काठमाडौं। अफ्रिका महादेशको एक मुलुक इथियोपिया गृहयुद्धको डिलमा उभिन पुगेको छ। यो देशको नामको अघिल्तिर ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ विशेषण झुण्डिए पनि त्यहाँ नागरिक अधिकार कुण्ठित हुँदै आएकाले कलह कायम रहेको हो।

इथियोपियाका प्रधानमन्त्री अबी अहमदको सरकार र टिगरोय पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) बीच चलेको द्वन्द्वले देशमा गृहयुद्धजस्तै अवस्था उत्पन्न भएको छ। यो युद्धले अहिलेसम्म हजारौंको ज्यान गइसकेको छ भने मुलुककै अस्तित्वमा खतरा पैदा हुन पुगेको छ।

दुवै पक्ष आफ्ना समर्थक जुटाउने र विश्वसमक्ष आफूलाई सही साबित गर्न कम्मर कसेर लागिपरेका छन्। आदिस अबाबा सरकार र टीपीएलएफले एकअर्काविरुद्ध विवाद सुरु गरेको आरोप लगाउँदै आएका छन्।

प्रधानमन्त्री अहमदले सरकारी सेनाका अधिकारीको निर्मम हत्या गरिएको आरोप लगाएका छन्। टीपीएलएफका नेता डेब्रेटसियन गेब्रेमाइकलले आफ्ना कार्यकर्तामाथि छिमेकी इरिट्रियाका सैनिक समेतको सहयोगमा सुनियोजित ढंगमा हमला गरिएको बताएका छन्।

१९७४ को क्रान्तिमा त्यहाँका राजा हेली सेलासीलाई सत्ताबाट हटाइएको थियो। जनसैन्यले इथियोपियाको सत्ता हातमा लिएका थिए। त्यसपछि नै त्यहाँ ‘लाल आतंक’ सुरु भएको थियो र सेनाले हजारौं युवाको हत्या गरेका थिए। त्यसपछि देश गृहयुद्धको भासमा पर्न गएको थियो। एअरफोर्सले त्यहाँ दैनिकजसो बम पड्काउने गर्न थाल्यो।

सबैभन्दा दर्दनाक घटना १९८८मा भयो, हासियन सहरमा १८०० जनालाई हवाई हमला गरेर मारियो। १९९१ मा टीपीएलएफका सेनाले सरकारलाई जित्यो। त्यसपछि त्यहाँ केही शान्ति र जनजीवन सहज हुन थालेको थियो।

तर पनि देशमा लोकतन्त्र थिएन। युवाहरू राजनीतिमा आफ्नो सहभागिता नभएको भन्दै विद्रोह गरिरहेका थिए। राजनीतिसहित सेना, अर्थव्यवस्था र अन्य क्षेत्रमा सीमित मानिसको मात्रै नियन्त्रण रहेको तिनको आरोप थियो।

प्रधानमन्त्री अहमद विगत २७ वर्षको शासनलाई अन्धकारको समय बताउँछन्। ओरामो समुदायका अहमदलाई पहिला पार्टी नेता र पछि गएर २०१८ मा प्रधानमन्त्री बनाइएको थियो। उनैले पुरानो समूह विघटन गरेर नयाँ ‘प्रस्परिटी पार्टी’ निर्माण गरे। त्यसपछि उनी निकै लोकप्रिय हुँदै गए।

उनले इरिट्रियासँग शान्ति सम्झौता गरे। यस्तै शान्तिप्रेमी क्रियाकलापका कारण गत वर्ष नोबेल शान्ति पुरस्कार पनि उनले जितेका थिए। अहिले उनी राष्ट्रपति इसाइयस अफवर्कीसँग नजिक छन्।

टीपीएलएफले सेप्टेरम्बरमा गरेको क्षेत्रीय निर्वाचन धोका भएको उनको टिप्पणी छ। उक्त निर्वाचनलाई सरकारले मन्जुरी दिएको थिएन। केन्द्र सरकारको स्वीकृतिबिना कुनै पनि निर्वाचन गर्न नमिल्ने उनको भनाइ छ।

इथियोपियाको संविधानमा फेडरल सिस्टम (संघीय)को प्रावधान छ। सोही अनुरुप स्थानीय समूह आफ्नो सरकार आफैं चलाउँछन्। प्रधानमन्त्री अहमद यो प्रावधान अन्त्य गर्न चाहन्छन्। यसको विरुद्धमा त्यहाँका युवा आन्दोलन गरिरहेका छन्। आन्दोलन हिंसात्मक हुन पुगेको छ र यसले इथियोपियालाई गृहयुद्धको संघारमा धकेलिदिएको छ। (एजेन्सीहरूको सहयोगमा)

" /> काठमाडौं। अफ्रिका महादेशको एक मुलुक इथियोपिया गृहयुद्धको डिलमा उभिन पुगेको छ। यो देशको नामको अघिल्तिर ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ विशेषण झुण्डिए पनि त्यहाँ नागरिक अधिकार कुण्ठित हुँदै आएकाले कलह कायम रहेको हो।

"> गृहयुद्धको संघारमा इथियोपिया, हजारौं मारिए: Dekhapadhi
गृहयुद्धको संघारमा इथियोपिया, हजारौं मारिए

प्रतिक्रिया दिनुहोस्