तनहुँ। तनहुँको व्यास नगरपालिका-५, मानहुँकोटमा आज बिहान माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।
पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नम्बरको बस मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खसेकाे प्रहरीले जनाएकाे छ।
दुर्घटनामा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको छ।
उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा पाँचजना घाइते भएका छन्। बस सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ।
" /> तनहुँ। तनहुँको व्यास नगरपालिका-५, मानहुँकोटमा आज बिहान माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नम्बरको बस मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खसेकाे प्रहरीले जनाएकाे छ।

">