काठमाडौं। दशकौंदेखि मेलम्चीको पानी खाने काठमाडौं उपत्यकावासीको सपना अब चाँडै पूरा हुने अवस्थामा पुगेको छ।
सरोकारवालाहरूले अब आउने सुख्खा मौसमसम्ममा मेलम्चीको पाउने आउने दाबी गरेका छन्।
केही दिनअघि प्रधानमन्त्रीका सल्लाहकारहरूले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरेका थिए।
निरीक्षणका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार राजन भट्टराई तथा संघीय सांसद शेरबहादुर तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव वेल्वासेलगायत सहभागी थिए।
उनीहरूले सिन्धुपाल्चोकस्थित आयोजनाको मुख्य स्थल, सुरूङ, हेडवर्कस् तथा सुन्दरीजलस्थित प्रशोधन केन्द्रलगायतको निरीक्षण गरेका थिए।
निरीक्षणपछि प्रतिक्रिया दिँदै उनीहरूले आयोजनाको काम सन्तोषजनक रूपमा अगाडि बढेको भन्दै पछिल्लो समय तोकिएको समयभित्र काठमाडौंमा पानी आउनेमा विश्वस्त भएको बताए।
काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं ल्याउन संस्थागत पहल सुरु भएको दुई दशक पूरा भइसकेकाे छ।
वि.सं. २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन गरी आयोजनाकाे काम अगाडि बढाइएकाे थियाे। यसका लागि एसियाली विकास बैंकसँग सन् २००१ मा लगानी सम्झौता भएको थियो।
दैनिक १७ करोड लिटर खानेपानी काठमाडौंमा ल्याउने लक्ष्यसहित सुरु भएकाे यो मेलम्ची खानेपानी आयोजना अझै पनि पूरा हुन सकेकाे छैन।
पटक-पटक काम अवरुद्ध हुँदा याे आयाेजनाकाे अवधि थप हुँदै आएकाे छ। अहिले पनि यस आयाेजनाकाे काम चलिरहेकाे छ। पछिल्लाे पटक थपिएकाे म्यादअनुसार आगामी दुई वर्ष (सन् २०२२) भित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेकाे आयाेजनाले जनाएकाे छ।
खानेपानी मन्त्रालयले पटकपटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी झार्ने लक्ष्य राख्दै आएको थियो। पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको छ।
गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः आगामी मङ्सिर महिनाभित्रमा परीक्षण गर्ने तयारी मन्त्रालयले गरेकाे छ।
सरकारले राष्ट्रिय गाैरवकाे याे आयाेजनालाई चाँडाे सम्पन्न गर्न विशेष प्राथमिकतामा राखेकाे छ। त्यसअनुरुप अहिले सुरुङभित्र तथा बाहिरका संरचनाहरुकाे काम धमाधम भइरहेकाे छ।
" /> काठमाडौं। दशकौंदेखि मेलम्चीको पानी खाने काठमाडौं उपत्यकावासीको सपना अब चाँडै पूरा हुने अवस्थामा पुगेको छ।सरोकारवालाहरूले अब आउने सुख्खा मौसमसम्ममा मेलम्चीको पाउने आउने दाबी गरेका छन्।

">