ललितपुरको धापाखेलबाट ३० लाखभन्दा बढी चोरी
<p style="text-align: justify;">काठमाडौँ। ललितपुरको गोदावारी नगरपालिका–१२ धापाखेलमा ३० लाख ७० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।</p>
<p style="text-align: justify;">हृदयबहादुर घिमिरेको घरबाट सुनका विभिन्न गरगहना र मोती डाइमन्डको गरगहनासमेत गरी उक्त परिमाणको धनमाल चोरी भएको हो।</p>
<p style="text-align: justify;">चोरी कार्यमा संलग्नहरूको पहिचान भइनसकेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे भने अनुसन्धान थालेको छ। </p>
<p style="text-align: justify;">प्रहरीका अनुसार घरमा कोही नभएको मौकामा सोमबार चोरी भएको हो।</p>