ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। सर्लाहीको बरहथवा नगरपालिका-२ पञ्चे मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">हाल नम्बर नखुलेको ट्याक्टरको टेलरमा बा ३५ प ३०२७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक २५ वर्षीय सुनील कुशुवरको मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उनको एडभान्स सञ्जिवनी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो।</p>