काठमाडौँ। वीरगञ्ज महानगरपालिका–१६ मितेरीपुल नजिकैबाट प्रहरीले दुई जनालाई लागुऔषध चरेससहित पक्राउ गरेको छ।
४ किलो ८९० ग्राम चरेशसहित सोमबार प्रहरीले सोही महानगरपालिका–३ छप्कैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव र सोही महानगरपालिका–५ का २३ वर्षीय धिरज पटेललाई पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारेको हो।
प्रहरीले लागुऔषध नियन्त्रण ऐनअन्तर्गत सोमबार नै मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौँ। वीरगञ्ज महानगरपालिका–१६ मितेरीपुल नजिकैबाट प्रहरीले दुई जनालाई लागुऔषध चरेससहित पक्राउ गरेको छ।४ किलो ८९० ग्राम चरेशसहित सोमबार प्रहरीले सोही महानगरपालिका–३ छप्कैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव र सोही महानगरपालिका–५ का २३ वर्षीय धिरज पटेललाई पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारेको हो।
प्रहरीले लागुऔषध नियन्त्रण ऐनअन्तर्गत सोमबार नै मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
">