काठमाडौं। उत्तर भारतमा आध्यात्मिक सुफी कविता निकै गाइन्छ। केही गायक समूह कबीर, शाह लतिफ भिटाई, बुल्ले शाह तथा गोरखनाथ आदिका कविता खुबै गाउँछन्। तर, हिन्दी आधुनिक कविताको गायनमा सूर्यकान्त त्रिपाठी निरालामात्रै पर्छन्। उनको एउटा गीत ‘वर दे विणावादिनी, वर दे’ स्कुल–कलेजमा ठूलो संख्यामा गाउने गरिन्छ। महादेवी वर्मा र जयशंकर प्रसादका केही गीत पनि अलिअलि गायनमा आएको पाइन्छ।

जहिले पनि प्रश्न उठ्छ, के आधुनिक कवितालाई गाउन सकिन्छ? के त्यसमा सांगीतिक तत्व खोज्न सकिन्छ ? जुन कविताको भित्र संगीतको सम्भावना लुकेको हुन्छ, त्यसलाई गाउन कठिन हुँदैन। तर, अधिकांश आधुनिक कविता छन्द र तुकबन्दी मुक्त छ। यसैले तिनलाई संगीतबद्ध गर्न मुश्किल पर्छ।

मुक्तिबोधको ‘अन्धेरे में’ जस्ता जटिल तथा निबन्धात्मक शैलीका कवितालाई संगीतमा ढाल्नु कसरी ?

कविता गायनको सिलसिला

प्रसिद्ध कवि रघुवीर सहायले गद्य कवितालाई गाउनका लागि केही प्रयोग गरेका थिए। उनलाई संगीतसम्बन्धी ज्ञान थियो। राष्ट्रिय नाट्य विद्यालयका छात्र तथा ‘लिखावट’ नामको संस्थासँग मिलेर उनले थुप्रै कविका कविता गायन र वाचन गरे। केही गम्भीर कविताको स्वरलिपि पनि बनाए, त्यसमध्ये एक ‘तुमने मार डाले लोग÷कई लोग÷क्योँकि उनमेँ जिने की हास नहीँ थी’ पनि थियो।

रघुवीर भन्थे, ‘‘कवितालाई यसरी गाउनु पर्छ कि, त्यसमा अधिक गायन नहोस्, मधुर संगीत होस् जुन शब्दमाथि हावी नहोस्। तर त्यसको अर्थको विस्तार भएको महसुस होस्।’’ तर, अब परिदृश्य बदलिएको छ। कविता गायनमा उभार आउन थालेको छ।

युवा गायिका चिन्मयी त्रिपाठीले आफ्ना सहयोगी जोएल मुखर्जीसँग मिलेर ‘म्युजिक एन्ड पोएट्री प्रोजेक्ट’ नामको एक कविता गायनको सुनियोजित सिलसिला सुरु गरेकी छन्। उनले केही एल्बम नै तयार पारिसकेकी छन्। जसमध्ये कबीर, मीराबाई, निराला, महादेवी वर्मा, दिनकरm निदा फाजली, धर्मवीर भारती, अनामिका आदिका रचनालाई आधुनिक संगीत संरचनाका साथ गाइएको छ।

गायनमा नयाँपन

चिन्मयीले प्रचलित वाद्य यन्त्र हार्मोनियम, सितार, तबलाको सट्टा ल्याटिन अमेरिकी ड्रमका साथै कतिपय पश्चिमी वाद्ययन्त्र प्रयोग गरेकी छन्। यसले गायनमा नयाँपन आएको छ।

चिन्मयीलाई सोधियो– हरिवंश राय बच्चनको कविता पनि गाएकी छौ ? उनले उत्तरमा भनिन्, ‘‘बच्चनको एउटा कविता ‘डोँगा डोले’ गाउने कोसिस गरिएको थियो, जुन लोकगीतमा आधारित छ, तर पछि गएर कपीराइटका अनुमति पाइएन।’’ चिन्मयीका पिता आधुनिक प्रगतिशील दृष्टिकोण राख्ने संस्कृतका विद्वान् राधावल्लभ त्रिपाठी हुन्। उनकी माता हिन्दीकी शिक्षिका हुन्। उनको घरमा साहित्यिक तथा सांस्कृतिक माहोल छ।

एमबीए पढेर कर्पोरेट जागिर खाइसकेकी उनको काव्यप्रेमले उनलाई मुम्बई लिएर गयो। म्युजिक एन्ड पोएट्री प्रोजेक्ट सुरु गर्नुअघि उनी सौंगड्यु नामक संस्थासँग जोडिएकी थिइन्। टाइम्स म्युजिक तथा वल्र्ड वाइड रेकर्ड्ससँग मिलेर कविताको दुई वटा एल्बम निकालिन्।

चिन्मयी भन्छिन्, पहिला मलाई मन परेका केही छायावादी कवितालाई संगीतबद्ध गरेँ। जागिर खाएर कमाएको पैसाबाट एल्बम निकालेँ, तर त्यसले पुगेन अनि अलिअलि चन्दा पनि उठाएँ। अचेल त्यस्तो कामलाई ‘क्राउड फन्डिङ’ भनिन्छ। यस्तै फन्डिङको एक संस्था ‘विशबेरी’ले हामीलाई निकै मद्दत गर्‍याे।’’

चिन्मयी अहिले हिन्दीका छन्दविहीन कवितालाई गायनमा ल्याएर हेर्न चाहन्छिन् र यसको लोकप्रियता कत्तिको छ भनेर बुझ्न चाहन्छिन्। भारत, बेलायतका थुप्रै साहित्य समारोह, नेहरु सेन्टर, अक्सफोर्ड युनिभर्सिटी, वर्ली फेस्टिभल, साहित्य आजतक, इन्डया ह्याबिटाट सेन्टर आदिमा उनको ब्यान्डलाई स्वागत गरिएको छ।

अचेल केही वेबसाइटमा उनको गायन प्रसारित भइरहेको छ। त्यहाँ उनी कविता पनि पढ्ने गर्छिन्। पश्चिमी भए पनि उनको ब्यान्डले कविताको मुडअनुरुप बजाउन गरेको छ। संगीत या अर्केस्ट्रा शब्दको अर्थ दबाउने काम पनि गरिएको छैन। चिन्मयी र जोएलको गायन संगीतभन्दा पनि कविता सुनाउनका लागि प्रसिद्ध छन्।

शास्त्रीय संगीतमा प्रशिक्षण

कोलकाताका वरिष्ठ गायक डा. अजय रोयको जीवन हिन्दी कविता गायनमा समर्पित रह्यो। केही वर्षअघि उनले गाएको निरालाको १० रचनाको एल्बम केन्द्रीय हिन्दी संस्थान आगराबाट सार्वजनिक भयो।

उनले कबीर तथा मलुकदासका अतिरिक्त भक्तिकाल र छायावादका प्रमुख कवि मैथिलीशरण गुप्त, नागार्जुन, त्रिलोचन, दिनकरदेखि अदम गोंडवी र बिलकुलै नयाँ कविका कविता पनि गाएका छन्। उनको कविता यात्रा ४५ वर्षअघि गोपालसिंह नेपालीको गीतबाट सुरु भएको थियो, जुन निकै लोकप्रिय भएको थियो। डा. अजय पश्चिमी वाद्ययन्त्र प्रयोग गर्दैनन्, हार्मोनियम, तबला, सितार तथा सरोदको सहारा लिन्छन्।

शास्त्रीय संगीतमा प्रशिक्षित डा. अजय भन्छन्, ‘‘मैले सुरुमै तय गरेको थिएँ कि, म साहित्य नै गाउने छु। त्योभन्दा अर्थोक गाउँदिन। कोलकाताको एक कलेजमा पढाउने क्रममा मैले विद्यार्थीलाई कविता गायनमा प्रेरित गरेको थिएँ। सयौं कार्यक्रम गरेँ, त्यहाँ स्रोताले मेरो कविता गायन मन पराए।’’

कवितालाई गायनका माध्यमबाट सर्वसाधारणसम्म पुर्‍याउन सक्दा समाजमा नयाँ सांस्कृतिक चेतना आउने उनको भनाइ छ। तर, यसका लागि संस्थागत प्रयासको अभाव रहेको उनले बताए। उनले भने, ‘‘वास्तवमा इन्डियन नै हिन्दी भाषालाई सम्मान गर्दैनन्।’’
(मंगलेश डबराल भारतका प्रसिद्ध कवि हुन्। उनका थुप्रै कविता नेपालीमा अनुवाद भएका छन्।

-बीबीसीबाट अनुदित तथा सम्पादित

" /> काठमाडौं। उत्तर भारतमा आध्यात्मिक सुफी कविता निकै गाइन्छ। केही गायक समूह कबीर, शाह लतिफ भिटाई, बुल्ले शाह तथा गोरखनाथ आदिका कविता खुबै गाउँछन्। तर, हिन्दी आधुनिक कविताको गायनमा सूर्यकान्त त्रिपाठी निरालामात्रै पर्छन्। उनको एउटा गीत ‘वर दे विणावादिनी, वर दे’ स्कुल–कलेजमा ठूलो संख्यामा गाउने गरिन्छ। महादेवी वर्मा र जयशंकर प्रसादका केही गीत पनि अलिअलि गायनमा आएको पाइन्छ।

"> कविता गायन : एक अन्त्यहीन सिलसिला: Dekhapadhi
कविता गायन : एक अन्त्यहीन सिलसिला

प्रतिक्रिया दिनुहोस्