भेडीगोठमा पसेर भालुले मार्यो भेडा

काठमाडौं। कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले बाह्र भेडा मारेको छ।

त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको छ । गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताए।

लामो समयसम्म भेडा पाल्दै आएका उनले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गरे। वर्षौं दिनको मेहनत एकै दिनमा जाँदा रतिमानको परिवारमा दुःख छाएको छ।

रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भएको उनी बताउँछन् । निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर पाउँदा पनि गाउँपालिका भने बेखबर भएको आरोप पनि उनले लगाए।

रासस

प्रतिक्रिया दिनुहोस्