फुङलिङ। ताप्लेजङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा घुन्सा फाउण्डेशनको पहलमा पहिलोपटक स्वास्थ्य इकाइ कार्यालय निर्माण गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सो कार्यालयको नवनिर्मित भवनको उद्घाटनका लागि यही मङ्सिर ५ गते ताप्लेजुङ आउने कार्यक्रम तय भएको छ।
सो अवसरमा प्रधानमन्त्री ओलीले चीनको तिब्बतसँग सीमा जोडिएको टिपताला भञ्ज्याङको पनि निरीक्षण गर्ने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिए। उक्त कार्यक्रमको तयारीका लागि सो क्षेत्रमा सरसफाइ र सुरक्षा व्यवस्थाको तयारी गरिएको छ।
ताप्लेजुङको सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा यसअघि गत असोज २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सशस्त्र प्रहरीको बोर्डर सुरक्षा पोष्ट (बिओपी) उद्घाटन गरेका थिए।
हिमालीबस्ती घुन्सा पर्यटकीय क्षेत्रसाथै कञ्चनजङ्घा हिमालको आधार शिविर पनि हो। जिल्ला सदरमुकाम फुङ्लिङदेखि घुन्सा र ओलाङ्चुङगोला २६ कोष टाढा दूरीा पर्दछ।
रासस
" /> फुङलिङ। ताप्लेजङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा घुन्सा फाउण्डेशनको पहलमा पहिलोपटक स्वास्थ्य इकाइ कार्यालय निर्माण गरिएको छ।प्रधानमन्त्री केपी शर्मा ओली सो कार्यालयको नवनिर्मित भवनको उद्घाटनका लागि यही मङ्सिर ५ गते ताप्लेजुङ आउने कार्यक्रम तय भएको छ।

">