रामपुर। रामपुर नगरपालिका-८ पिपलचौरकी ७६ वर्षीय तुलसालाई यतिखेर गाँस र बाँसको समस्या छ। साहाराबिहिन उनी अहिले छिमेकीको घरमा साहारा लिएको छ।
गाँस र बाँसबाट पीडित उनलाई नेपाली नागरिकता नहुँदा सामाजिक सुरक्षा भक्ता पाउनबाट वन्चित हुनु परेको छ। तीन सन्तानमध्ये दुई छोरा र एक छोरी रहे पनि अहिले उनी सहाराबिहीन हुँदा।
दुई छोरा लामो समयसम्म बेपत्ता भएपछि जेठो छोरा करिब २२ वर्ष पछाडि मात्रै घर फर्केका छन्। छोरीको बिहेदान भइसकेको छ।
उनलाई बुढेसकालमा रेखदेख गर्ने सन्तान भने कोही छैनन्। जेठो श्रीमान् कुलप्रसाद पाण्डेयसँग १६ वर्षको उमेरमा विवाह गरेकी तुलसा श्रीमान्को मृत्यु भएपछि सहाराका लागि गाउँकै रमाकान्त पङ्गेनीसँग दोस्रो विवाह गरेकी थिइन्। पङ्गेनीको पनि विवाह भएको केही वर्षपछि मृत्यु भएपछि अहिले उनी एक्लो जीवन बिताइरहेकी छ।
पहिलो श्रीमान् कुलप्रसाद पाण्डेयबाट बनाइएको नेपाली नागरिकता हराएकी तुलसाले दोस्रो श्रीमान्को परिवारबाट नागरिकताका लागि सनाखत नगरिदिंदा पाउने सेवा सुविधाबाट वन्चित हुनु परेको छ।
“पहिलो श्रीमान्ले बनाएको नागरिकता हरायो, दोस्रो श्रीमान्का दाजुभाई पक्षलाई नागरिकता बनाइदिनका लागि सनाखत गरिदिन अनुरोध गरेपनि वास्तै गरेनन्,” उनले दुखेसो पोखिन्, “कमसेकम नागरिकता भए सरकारले दिएको भत्ता खाएर त बाँच्थे।”
दोस्रो श्रीमान्को मृत्युपश्चात उनी पुनः पहिलो श्रीमानकै घर संरक्षण गरेर बसेकी थिइन्। लामो समयसम्म बेपत्ता जेठो छोरा घर फर्केर आएपछि उनलाई आफैँले जन्माएको छोराले घर निकाला गरिदिएपछि छिमेकीको घरमा कोठा भाडामा बस्छिन्।
छिमेकीले दोस्रो श्रीमान् पक्षधरबाट नागरिकता बनाउन सहमति नभएपछि पहिलो श्रीमानबाट जन्मिएका छोरालाई आमाको नागरिकता बनाउन अनुरोध गरेपनि नमानेपछि बुढेसकालमा न नागरिकता न ज्येष्ठ नागरिक भत्ता भएको स्थानीय नेत्रप्रसाद पौडेल बताउँछन्।
पाल्पाको पूर्वखोला गाउँपालिका—२ जल्पा माइती घर बताउने तुलसाले स्याङ्गजा आँधीखोलाका स्वर्गीय कुलप्रसाद पाण्डेयसँग वैवाहिक सम्बन्ध गाँसेकी हुन्। बसाई सरी रामपुरलाई कर्मथलो बनाएकी तुलसालाई रामपुर नगरपालिका—८ को कार्यालयले नागरिकता दिलाउन माइतीतर्फबाट जन्मदर्ता समेत झिकाएको छ।
दोस्रो श्रीमान् पक्षकाले सनाखत नगर्नु, पहिलो श्रीमान्बाट आफैँले जन्म दिएको छोराले पनि आमालाई नागरिकता बनाउन सहयोग नगरेका कारणले समस्या बल्झिन पुगेको हो। तुलसाले २०५६ सालमा भएको निर्वाचनमा दोस्रो श्रीमान् रमाकान्त पङ्गेनी पति कायम गरी निर्वाचनमा सहभागी भई मतदान गरेको उनका छिमेकी तथा समाजसेवी मुक्तिराम अर्यालले बताए।
नेपाली नागरिकता बनाउने कुरामा वडा कार्यालय गम्भीर रहेपनि नजिकका आफन्तले सनाखत नगरेको र यस समस्यालाई समाधान गर्ने कोशिसमा रहेको वडा सदस्य मोहन श्रेष्ठ बताउँछन्।
नेपाल सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भक्ता पनि नपाउँदा के खाने, लाउने, कहाँ बस्ने अवस्था छ। छिमेकीको घरमा कोठा भाडा लिएर बसेको पनि एकवर्ष बित्यो। भाडा तिर्न नसक्दा छिमेकीले कोठा खाली गर्न अनुरोध गरिरहेको उनको गुनासो छ।
रासस
" /> रामपुर। रामपुर नगरपालिका-८ पिपलचौरकी ७६ वर्षीय तुलसालाई यतिखेर गाँस र बाँसको समस्या छ। साहाराबिहिन उनी अहिले छिमेकीको घरमा साहारा लिएको छ।गाँस र बाँसबाट पीडित उनलाई नेपाली नागरिकता नहुँदा सामाजिक सुरक्षा भक्ता पाउनबाट वन्चित हुनु परेको छ। तीन सन्तानमध्ये दुई छोरा र एक छोरी रहे पनि अहिले उनी सहाराबिहीन हुँदा।

">