प्रहरी हिरासतमा अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्युपछि अमेरिका मात्र होइन संसारभरबाट जुन ढंगको प्रतिक्रिया आयो त्यसले दु:ख र आशा दुवै जगाएको उनले बताए। उनले भने, ‘‘दु:ख यस कारण कि, हाम्रो न्याय व्यवस्थामा अहिले पनि नस्लवाद र पक्षपात प्रबल देखिएको छ। आशा यस कारण छ, यसको विरूद्धमा स्वत:स्फूर्त आयोजित विरोध प्रदर्शन शान्तिपूर्ण हुन गयो।’’ प्रदर्शनमा विभिन्न नस्लका मानिस सहभागी हुनु झनै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
ओबामाले बीबीसीसँग कुरा गर्ने क्रममा आफ्नो किताब ‘अ प्रमिस्ड ल्यान्ड’ बारेको सन्दर्भ पनि उठाएका थिए। उनको किताब मंगलबार, नोभेम्बर १७ मा सार्वजनिक हुँदै छ। किताबमा उनले आफ्नो राष्ट्रपति कार्यकालबारे चर्चा गरेका छन्।

(बीबीसी)

चार वर्षमा अमेरिकी समाज बढी विभाजित भयो : ओबामा: Dekhapadhi
चार वर्षमा अमेरिकी समाज बढी विभाजित भयो : ओबामा

काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले विगत चार वर्षमा अमेरिकी समाज अधिक विभाजित हुन पुगेको बताएका छन्। उनले भने, ‘‘जब डोनाल्ड ट्रम्प चुनाव जितेर राष्ट्रपति भए तब अमेरिका अघिल्ला वर्षमाभन्दा निकै धेरै विभाजित भयो।’’

ओबामाले ‘कन्स्पिरेसी थ्योरी’को ट्रेन्ड परिवर्तन हुनुपर्ने संकेत गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। ‘‘तर, एउटा चुनावबाट यस्तो ट्रेन्ड हटाउन पर्याप्त हुँदैन,’’ उनले भने।

‘कन्स्पिरेसी थ्योरी’का कारण देशमा विभाजनको खाडल गहिरिएको उनको भनाइ थियो। धु्रवीकरण उन्मुख देशलाई केवल नेताहरूको फैसलाको भरोसामा छाड्न नहुने र यसमा संरचनात्मक परिवर्तन आवश्यक रहेको उनको धारणा थियो। मानिसले एक अर्काका कुरा सुन्नुपर्ने र बहसमा उत्रनुअघि तथ्यमा एकमत हुनुपर्ने उनले बताए।

‘‘ग्रामीण र सहरी अमेरिकाका बीचमा रहेका आवेग, असन्तुष्टि, आप्रवासन, असमानता तथा षड्यन्त्र सिद्धान्तजस्ता कुरालाई यहाँका मिडिया संस्थानले बढाइचढाइ गरेर देखाए। सोसल मिडियाले त झन् आगोमा घिउ थप्ने काम गर्‍यो,’’ ओबामाले बीबीसीलाई दिएको अन्तर्वार्तामा भने, ‘‘यतिखेर हामी निकै विभाजित छौं, निश्चित रूपमा २००७ मा भन्दा बढी, त्यसबखत २००८ मा म राष्ट्रपति निर्वाचनमा उठेँ र जितेँ।’’

‘दु:ख यस कारण कि, हाम्रो न्याय व्यवस्थामा अहिले पनि नस्लवाद र पक्षपात प्रबल देखिएको छ। आशा यस कारण छ, यसको विरूद्धमा स्वत:स्फूर्त आयोजित विरोध प्रदर्शन शान्तिपूर्ण हुन गयो।’’

राष्ट्रपति ट्रम्प र उनका प्रशंसकले विभाजनलाई मलजल गरेको उनको आरोप थियो। उनका अनुसार एउटा मुख्य कारण जसले यसो हुनुमा ठूलो भूमिका खेल्यो त्यो हो, इन्टनेटमा गलत जानकारी फैलाउनु, जहाँ तथ्यको कुनै मतलब छैन।

यो वर्ष अमेरिकाको चुनावमा ‘कन्स्पिरेसी थ्योरी’ अर्थात् ‘जालसाजी बताउने’ कुरा बारेकोे चर्चा खुबै भाइरल भयो। र, ट्रम्पको कार्यकालभरि यो सोच छाइरह्यो।

हालैका वर्षहरूमा केही मूलधारका मिडियाले ‘फ्याक्टचेक’ सुरू गरेका र यसबाट अनलाइनहरू गलत जानकारीको सिकार हुनबाट जोगिने उनले बताए। तर, यस्तो प्रयास अपर्याप्त रहेको उनको भनाइ थियो। साँचो कुरा बाहिर आउने बेलासम्म झुटो कुरा संसारभर फैलिसकेको हुने उनले बताए।

यस्तो विभाजनका पछिल्तिर सामाजिक र आर्थिक कारणले पनि भूमिका खेलिरहेको हुने उनको भनाइ थियो। सहरी र ग्रामीण अमेरिकाबीच ठूलो असमानता रहेको उनले बताए। बेलायत तथा संसारका अन्य देशमा पनि यस्ता मुद्दा उठ्न थालेकोमा उनले सन्तुष्टि जनाए।

सिफारिस

ओबामा आफैंलाई सन्देह र प्रश्न गर्छन् : चिमामान्डा अदिची