काठमाडौं। “खै के को तिहार न सिहार! हामीलाई त बिहान बेलुकाको भोक मेटाउन पाए तिहारको भन्दा बढी सन्तुष्टि मिल्थ्यो,” ६० वर्षीया सीता मगरले आफ्नो पीडा सुनाइरहँदा उनका आँखा रसाए।
आफ्नै वरपर तिहारको रंगीचंगी माहोल उनको आँखाले नदेखेको भने होइन। तर, के गर्ने एक छाक खाना खान त पैसा छैन, कसरी तिहारको बेला उनको मनमा उमंग आओस्?
हो, काठमाडौंको ठमेलनजिकै रहेको दमाइटोलमा बस्दै आएकी सीतालाई दसैँ, तिहारजस्ता चाडपर्व कहिल्यै नआइदेओस् जस्तो लाग्छ।
“दसैँ, तिहारजस्ता पर्व त पैसा हुने धनीमानीले पो मनाउने हो। हामीले त कसरी मनाउने? हाम्रा लागि त यस्ता पर्वले झन् दु:खी बनाउने र पीडा थप्नेमात्र काम गर्छन्,” उनले मनको पीडा व्यक्त गरिन्।
“बस्ने ठेगान त छैन, कसरी तिहार मनाउनु? हामीले त अरूले बालेको बत्ती, भाइटीका लगाएको हेरेर चित्त बुझाउनुपर्छ। धन्न कोहीले खाना खान दिनुभएको छ र खाना पाएकी छु। नत्र म त उहिल्यै मरिसक्थेँ।”
केही वर्ष अगाडिसम्म उनी दसैँ तिहारभन्दा हुरूक्कै हुन्थिन्। र, आफन्त तथा साथीभाइलाई घरमा बोलाएर मीठो मसिनो पकाएर खुवाउँथिन्। तर, उनका श्रीमानको निधनपछि भने राम्रोसँग दसैँ तिहार मनाएको उनलाई याद छैन।
“श्रीमान् खसेपछि छोराबुहारीले एक वर्षपछि त बस्नै दिएनन्। लौ त्यसोभए यो घरमा तिमीहरू नै बस, म त जान्छु भनेर घर छोडेर हिँडे। १० वर्ष भयो काठमाडौंमै बसेर आफ्नो पेट पाल्दै आएकी छु,” उनले भनिन्।
नुवाकोटबाट काठमाडौं आएको पाँच वर्षजति अरूको घरमा सरसफाइको काम गरिन्। त्यसपछि भने विभिन्न रोगले थलिएर कामै गर्न सक्ने अवस्थामा रहिनन्। जसले गर्दा उनलाई माग्ने बनायो। त्यसरी मागेर खाँदा पनि थुप्रै मानिसहरूले वचन लगाउन थाले। त्यसपछि भने उनी दिनभर कहिले पानी, कहिले केही बेच्न थालिन्।
कोरोना महामारीपछि भने उनी कामविहीन बनेकी छिन्। कोठा भाडा सात महिनादेखि तिर्न नसक्दा घरबेटीले ताला लगाइदिए। गत चैतदेखि उनी विभिन्न ठाउँमा वितरण गरिने नि:शुल्क खानाको भरमा आफ्नो पेट पालिरहेकी छिन्।
“बस्ने ठेगान त छैन, कसरी तिहार मनाउनु? हामीले त अरूले बालेको बत्ती, भाइटीका लगाएको हेरेर चित्त बुझाउनुपर्छ। धन्न कोहीले खाना खान दिनुभएको छ र खाना पाएकी छु। नत्र म त उहिल्यै मरिसक्थेँ,” उनले भनिन्।
“घरबाट फोन गरेर बाबा तिहारमा नयाँ कपडा किन्नुपर्यो अलिकति पैसा पठाइदिनु न भनेर छोराले फोन गर्यो। तर, आफ्नो आम्दानी छैन, कसरी पैसा पठाउने? यो वर्षको तिहार त मेरो लागि पीडा बनेर आयो।”
कालिमाटीस्थित सडक पेटीमा बस्दै आएका श्याम थपलियाको पीडा पनि उस्तै छ। श्रीमती, छोराछोरी काभ्रेस्थित घरमै राखेर उनी लकडाउन खुलेपछि काठमाडौं आए। एकातिर सात महिनाको कोठाभाडा तिर्नै छ भने अर्कोतिर आफ्नो पेट पाल्ने कि घरमा खर्च पठाउने। उनलाई यही कुराले मन भतभती पोलिरहेको हुन्छ।

“घरबाट फोन गरेर बाबा तिहारमा नयाँ कपडा किन्नुपर्यो अलिकति पैसा पठाइदिनु न भनेर छोराले फोन गर्यो। तर, आफ्नो आम्दानी छैन, कसरी पैसा पठाउने? यो वर्षको तिहार त मेरो लागि पीडा बनेर आयो,” उनले भने।
भारी बोक्ने काम गर्दै आएका उनको आजभोलि काम त्यति धेरै छैन। काम नै छैन भन्दा पनि फरक पर्दैन। “कुनै दिन दुई-तीन सय रूपैयाँ कमाइ हुन्छ। कुनै दिन एक रूपैयाँ पनि हुँदैन। आम्दानी नै नभएपछि के को तिहार? के को भाइटीका?,” उनले भने।
पम्फा थापा पनि उस्तै अवस्थाबाट गुज्रिरहेकी छिन्। एकातिर छोरीको मुटुको अप्रेसन गर्ने पैसाको जोहो गर्नुपर्ने छ। अर्कोतिर पेटमा दुई गाँस भए पनि खानाको व्यवस्था गर्नुपर्ने छ।

ईन्द्रचोक, असन क्षेत्रमा भारी बोक्ने काम थालेकी उनलाई बेलुकातिर बल्ने झिलिमिली बत्तीले मन पोल्छ। बाहिरी संसार उज्यालो देखिए पनि उनको आँखा र मनले भने कालो बादलमात्र देख्छ।
“मेरो लागि त यो तिहार नआएको भए हुन्थ्योजस्तो लागिरहेको छ। यसले हामीलाई पीडामात्र दिन्छ। आफूसँग एक रूपैयाँ छैन कसरी मनाउने तिहार?,” उनले प्रश्न गरिन्।
कोरोना महामारीका कारण समस्यामा परेका गरिब मजदुरहरूले तिहार आफूहरूको लागि पीडा दिने तथा हिनताबोध गराउने पर्व भएको बताएका छन्।