गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरीले दबाब र प्रभावमा नपरी जनताको सेवा गर्नुपर्ने बताएका छन्। ६५औँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय पार्दी पोखरामा आइतबार आयोजित श्रद्धान्जलि एवं सम्मान कार्यक्रममा उनले नेपाल प्रहरीले देश र जनताको सुरक्षामा स्थापनाकालदेखि नै महत्त्वपूर्ण कार्य गर्दै आएको बताए।
दबाब र प्रभावमा पर्दा जनअपेक्षा अनुसारको सेवा प्रवाह गर्न नसकिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले इमान्दारी र जिम्मेवारीलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए। प्रहरी सेवाको प्रभावकारीताका लागि समयसापेक्ष प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने बताए।
संविधानले व्यवस्था गरेअनुसार गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याइसकेको जानकारी दिँदै उनले आगामी दिनमा प्रदेशमा प्रहरी सेवाको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे। उक्त अवसरमा मुख्यमन्त्री गुरुङले दिवङ्गत अमर प्रहरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै उत्कृष्ट प्रहरी कर्मचारीलाई नगद र सम्मानपत्रसहित सम्मान गरे।
आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले प्रहरी सेवाको प्रभावकारिताका लागि साधनस्रोत सम्पन्न बनाउँदै प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिए। प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरी गठन गर्न लागेको उनले जानकारी दिए।
गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालले नेपाल प्रहरी आमनागरिकको जिउ धन र अधिकारको रक्षामा अहोरात्र खटिँदै आएको बताए।
कार्यक्रममा त्रैमासिक कार्य सम्पादनको आधारमा उत्कृष्ट जिल्लाको रुपमा जिल्ला प्रहरी कार्यालय तनहुँ, कार्यालय व्यवस्थापनतर्फ गण्डकी प्रदेश प्रहरी उपरीक्षक किरण राणा, जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की लगायतलाईसम्मान गरिएको थियो। रासस
" /> गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरीले दबाब र प्रभावमा नपरी जनताको सेवा गर्नुपर्ने बताएका छन्। ६५औँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय पार्दी पोखरामा आइतबार आयोजित श्रद्धान्जलि एवं सम्मान कार्यक्रममा उनले नेपाल प्रहरीले देश र जनताको सुरक्षामा स्थापनाकालदेखि नै महत्त्वपूर्ण कार्य गर्दै आएको बताए।दबाब र प्रभावमा पर्दा जनअपेक्षा अनुसारको सेवा प्रवाह गर्न नसकिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले इमान्दारी र जिम्मेवारीलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए। प्रहरी सेवाको प्रभावकारीताका लागि समयसापेक्ष प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने बताए।

">