काठमाडौं। हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ले माइती नेपाललाई आर्थिक सहयोग गरेका छन्। उनले एक लाख एघार हजार १११ रूपैयाँ सहयोग गरेका हुन्।
कोरोना महामारीका कारण चौतर्फी मारमा परिरहेको बेला जितुले माइती नेपालको कार्यालयमै गएर आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
उनले गरेको सहयोगमा ६१ हजार १११ रूपैयाँ आफ्नो व्यक्तिगत तर्फबाट र ५० हजार रूपैयाँ बेलायतमा बस्दै आएका व्यवसायी कुल आचार्यलगायतले योग आध्यात्मिक समूहसँग गरेको जुम कुराकानीपछि दिएका थिए।
जितु माइती नेपाल पुग्दा त्यहाँका देउसी कार्यक्रम गरिएको थियो। माइती नेपालमा जाँदा सधैँ आफू भावुक हुने गरेको जितुको भनाइ छ। उनले उक्त सहयोग माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई हस्तान्तरण गरेका थिए।
पछिल्लो समय ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालन गर्दै आएका जितु यसअघि विभिन्न हास्य टेलिश्रृंखला तथा थुप्रै चलचित्रमा काम गर्दै आएका थिए। गत वर्षदेखि उनले मुन्द्रेको कमेडी क्लब चलाउँदै आएका छन्।