काठमाडौं। सर्लाहीमा एक युवकलाई छिमेकीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा ३६ वर्षीय विनोद पासवान छन्। उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि छिमेकी २८ वर्षीय अजय पासवानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ।
उनी मलंगवा नगरपालिका-६ खुटौनाका हुन्। प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले विनोदलाई पक्राउ गरेको हो।
प्रहरीले उनीविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
" /> काठमाडौं। सर्लाहीमा एक युवकलाई छिमेकीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ।पक्राउ पर्नेमा ३६ वर्षीय विनोद पासवान छन्। उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।

">