काठमाडौं। आमालाई गाली नगर्नु भनेर बुबालाई सम्झाउँदा रूपन्देहीमा बुबाको आक्रमणबाट छोराले ज्यान गुमाउनु परेको छ।
जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर–११ गणेशनगरका १९ वर्षीय पदमबहादुर गुरूङमाथि बुबाले चक्कु प्रहार गर्दा उनको निधन भएको छ।
उनलाई ४३ वर्षीय बुबा शेरबहादुर गुरूङले चक्कु प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।
अनुसन्धानको क्रममा मादक पदार्थ सेवन गरी शेरबहादुरले श्रीमतीलाई गालीगलौज गरेपछि आमालाई गाली नगर्नु भन्दा उल्टै छोरा पदमबहादुरमाथि चक्कु प्रहार गरेको खुलेको प्रहरीले बताएको छ।
छोराको हत्या गर्ने बुबा शेरबहादुरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीतसिंह राठौरले बताए।
पक्राउ परेका शेरबहादुरमाथि प्रहरीले कर्तब्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान गर्ने जनाएको छ।
" /> काठमाडौं। आमालाई गाली नगर्नु भनेर बुबालाई सम्झाउँदा रूपन्देहीमा बुबाको आक्रमणबाट छोराले ज्यान गुमाउनु परेको छ।जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर–११ गणेशनगरका १९ वर्षीय पदमबहादुर गुरूङमाथि बुबाले चक्कु प्रहार गर्दा उनको निधन भएको छ।

">