काठमाडौं। सञ्जीव साह (२४) र आरती साह (२०) बीचको दाम्पत्य जीवनमा गत चैतमा खट्पट आयो। जतिबेला कोरोना संक्रमणको महामारीपछि बन्दाबन्दी सुरु भएको थियो।

आरती तीन वर्षीया छोरी रियालाई लिएर माईतीघर घर आइन्। उनको माईतीघर जनकपुर उपमहानगरपालिका वडा नम्बर–७ को जानकीनगरमा छ।

घर भने सोही उपमहानगरपालिकाको वडा नम्बर–२० को देवपूरा रूपैठा हो। सञ्जीव सोही ठाउँमा रहेको एक सुन पसलमा काम गर्दथे।

पारिवारिक खटपटपछि उनीहरू एक्लाएक्लै बस्दै थिए। यसरी बसेको ७ महिना भएको थियो। सम्बन्ध विच्छेद भने भएको थिएन।
शनिबार बिहान अन्दाजी साढे ८ बजे अचानक श्रीमती आरती बस्दै आएकी माईतीघरमा सञ्जीव आइपुगे।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकेन्द्रकुमार मिश्रका अनुसार, ससुरालीमा पुगेपछि सञ्जीवले आरतीलाई ढोका खोल्न लगाए। ढोका खोल्नासाथ उनले आरती र छोरीमाथि एसिड प्रहार गरे।

“ढोका खोल्न लगाएछन् र खोल्ने बित्तिकै एक्कासी एसिड प्रहार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ”, मिश्रले देखापढीसँग भने, “पारिवारिक खटपटले घटना भएको देखिएको छ, “सञ्जीवलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं।”

आरतीको टाउको, अनुहार, स्तन, छातिदेखि पेटसम्मै एसिड परेको छ। उनको अवस्था गम्भीर छ। छोरी रियाको भने टाउको र हातमा एसिड परेको डीएसपी मिश्रले बताए।

एसिड प्रहारबाट घाइते दुवैै जनाको जानकी हेल्थ केयरमा सामान्य उपचारपछि गएराति ११ बजेदेखि काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

राति अबेर एम्बुलेन्सबाट घाइते आमा–छोरीलाई उपचारको लागि कीर्तिपुर अस्पताल पुर्‍याइएको एसिड आक्रमणबाट पीडित भएकाहरूको पक्षबाट वकालत गर्दै आएका अभियानकर्मी उज्ज्वलविक्रम थापाले बताए।

एसिड आक्रमणमा परेकाहरूको उपचार देखि खाना खर्चसम्म पहिलो पटक नेपाल सरकारले बेहोरेका छ।

“यसअघि एसिड आक्रमणबाट पीडित भएकाहरूको उपचार र खाना खर्चको लागि धरौटी राख्न ५० हजार रूपैयाँ बोकेर कुद्नुपथ्र्यो”, थापाले भने, “पहिलो पटक कम्तिमा उपचार, खाना औषधीको लागि कसैसँग हात जोड्नु परेन र सरकारले उपचार गर्ने भएको छ।”

उनले आरती र रियाको नाममा उपचार खर्च भन्दै सहयोग संकलन नगर्न पनि आह्वान गरेका छन्।

गत असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको फौजदारी कसुर कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा पीडितहरूको उपचार गर्न सहयोग जुटाउन नमिल्ने उल्लेख छ।

उपचार खर्च सरकारले नै बेहोर्ने भनिएको छ। यसरी उपचारको नाममा सहयोग स्वरुप चन्दा संकलन गरिए त्यस्ता व्यक्तिलाई तीन महिना कैद वा पाँच हजार रूपैयाँ जरिवाना हुने प्रावधान छ।

अभियानकर्मी थापाले कानूनतः पनि दण्डनीय भएकोले चन्दा नउठाउन आग्रह गर्दै अब  एसिड प्रहार गर्ने व्यक्तिलाई नयाँ कानून अनुसार सजाय दिलाउन प्रयत्न गर्ने बताए।

“मेरो प्राथमिकता अपराध के कारण भयो भन्दा पनि पीडितको उपचार छिटो गरौं भन्नेमा हो, अहिले उपचार भइरहेको छ, आजदेखि दिनहु पीडितहरूको उपचार भइरहेको कीर्तिपुर अस्पतालमा जान्छु, अनि १५ दिनपछि अपराधीलाई कानून अुनसारका सजाय दिलाउनतिर प्रत्यत्न गर्छु”, थापाले भने।

एसिड आक्रमणका घटनाहरू पछिल्लो समय बढिरहेका छन्। पीडित हुनेमा किशोरी बढी छन्। केही महिला र पुरुष पनि पीडित भएका छन्। जसबाट गम्भीर शारीरिक क्षति हुनेको गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायत एसिड प्रहार भएका घटनाको अनुसन्धान गरिदा अधिकाङ्समा ‘लभ ट्रेजेडी’ देखिएको बताउँछन्। उनका अनुसार केही घटना भने पारिवारिक खटपटपछि बद्ला लिन भएको पाइएको छ।

“युवायुवतीबीचको एकतर्फी र एकोहोरो प्रेमबाट सिर्जित वियोगान्त अवस्था मुख्य कारण देखिन्छ”, उनले भने, “तर, तराई क्षेत्रमा हुने एसिड प्रहारका घटना चाहिँ पारीवारिक वा अन्य कुनै कारण भएको खट्पटपछि बदला लिन भएको देखिन्छ।”

सरकारले संशोधन गरेको फौजदारी कसुर सम्बन्धी कार्यविधिमा एसिड प्रहारको घटनामा संलग्नलाई कडा सजायको व्यवस्था गरेको छ।

“कसैलाई एसिड फ्याकेर, छर्किएर, खन्याएर वा सेवन गराएर अङ्गभङ्ग भएको अवस्थामा दुवै आँखा जलेर दृष्टि पूर्ण रूपमा नष्ट भएमा, दुवै कानको सुन्ने शक्ति पूर्ण रूपमा नष्ट भएमा, नाक काम नलाग्ने भएमा, अनुहार पूर्ण रूपमा जलेर कुरूप भएमा, महिला भए दुवै स्तन काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग नासिएमा पीडकलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुनेछ”, कार्यविधिमा भनिएको छ।

र, एउटा आँखा, एउटा कान जलेर काम नलाग्ने भएमा, आंशिक रूपमा अनुहार जली वा क्षति भइ कुरुप भएमा, महिला भए एउटा स्तन जलेर काम नलाग्ने भएमा, दुवै हात वा दुवै खुट्टा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भागमा क्षति भएमा वा मेरुदण्ड काम नलाग्ने भए १० देखि २० वर्षसम्म कैद र ७ देखि १० लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

यससँगै एसिड आक्रमणका कारण कसैको शरीरको अन्य कुनै अङ्गभङ्ग वा शारीरिक क्षति भएमा कसुरको प्रकृति बमोजिम पाँच वर्षदेखि १० वर्ष कैद र एकलाखदेखि पाँचलाख रुपैयाँसम्म जरिवानाको प्रावधान छ।

अब, आरती र रियालाई एसिड आक्रमण गरेको घटनामा अदालतबाट दोषी ठहरिएको अवस्थामा सञ्जीवले यी कनूनी प्रावधान अनुसार सजाय भोग्दै जरिवाना तिर्नुपर्नेछ।

उनी दोषी ठहरिएको अवस्थामा यो सजायको पहिलो भागिदार पनि हुनेछन्। कानूनमा एसिड प्रहारको घटनालाई पनि जघन्य अपराध मानेको छ।

" /> काठमाडौं। सञ्जीव साह (२४) र आरती साह (२०) बीचको दाम्पत्य जीवनमा गत चैतमा खट्पट आयो। जतिबेला कोरोना संक्रमणको महामारीपछि बन्दाबन्दी सुरु भएको थियो।

"> जसले ससुराली पुगेर श्रीमती र नाबालिका छोरीमाथि एसिड प्रहार गरे: Dekhapadhi
एसिड आक्रमणमा परेकी आरती। तस्वीर- उज्जलविक्रम थापा।
जसले ससुराली पुगेर श्रीमती र नाबालिका छोरीमाथि एसिड प्रहार गरे

प्रतिक्रिया दिनुहोस्