काठमाडौं। नेपाल भ्रमणबाट फर्केको साता दिन बित्न नपाउँदै भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाल, भारत र चीन ‘ट्राई जक्सन्’ सीमानाको हवाई निरीक्षण गरेका छन्।
उनले पिथौरागढ सीमा क्षेत्रको शुक्रबार हवाई निरीक्षण गरेको भारतीय मिडिया द टाइम्स अफ इण्डियाले आफ्नो सामाचार उल्लेख गरेको छ। निरीक्षणका क्रममा उनले त्यहाँको सुरक्षा अवस्था र भारतीय सेनाको तयारीलाई ध्यान दिएको जनाइएको छ।
चीनसँग लद्दाखमा सीमा विवाद चर्केपछि नरवणेले पहिलो पटक भारतीय राज्य उत्तराखण्डको भ्रमण गरेका हुन्। उत्तराखण्डका तीन जिल्ला– उत्तरकाशी, चमोली र पिथौरागढका ३५० किलोमिटर सीमा चीनसँग र २७५ किलोमिटर सीमा नेपालसँग जोडिएको छ।
लद्दाखमा तनाव बढेदेखि सीमा क्षेत्रमा भारतले आफ्ना सेनाहरुलाई उच्च सतर्कताका साथ राखेको छ।
भारतीय सेनाध्यक्षले बिहीबार जोशीमठबाट नैनीतालको भ्रमण गर्ने अपेक्षा गरिएको थियो। तर उनले नैनीताल नगई पिथौरागढको भ्रमण गरेका थिए। नरवणेको पिथौरागढ भ्रमणलाई गोप्य राखिएको थियो।
पिथौरागढ भ्रमणका क्रममा नरवणेले नेपाल, भारत र चीनको ‘ट्राई जक्सन’ सीमानाको हवाई निरीक्षण गरेको स्रोतलाई उद्वृत गर्दै द टाइम्स अफ इण्डियाले जनाएको छ।
भ्रमणका क्रममा नरवणेले सीमामा खटिएका भारतिय सैनिक अधिकृतहरुसँग तयारीका बारेमा विस्तृत छलफल गरेका थिए। उनले सैनिकहरूलाई दिपावलीको शुभकामना समेत दिएका थिए।
भारतीय स्थल सेनाध्यक्ष नरवणेले नेपाली सेनाको मानार्थ महारथीको पद्वी पाएको साता दिन नबित्दै नेपालसँग सीमा जोडिएको सीमा क्षेत्रको हवाई निरीक्षण गरेका हुन्। उनले कात्तिक १९ देखि २१ गतेसम्म नेपालको भ्रमण गरेका थिए। भ्रमणका बेला उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महासेनानी पद्वीले सम्मान गरेकी थिईन्।
सीमा विवादका कारण नेपाल र भारतबीच एकवर्ष यता सम्बन्ध राम्रो हुन सकेको छैन। सीमा विवादकै कारण एक वर्षदेखि नेपाल र भारतबीच उच्चस्तरको भ्रमण र सम्वाद हुन नसकिरहेको बेलामा नरवणेले नेपालको भ्रमण गरेका थिए।
भ्रमणका बेला प्रधानमन्त्री ओलीले उनलाई नेपाल र भारतबीच रहेका विवादहरु संवाद मार्फत समाधान गरिने जनाएका थिए।
गत वर्ष भारतले जारी गरेको आफ्नो नयाँ नक्सामा नेपाली भूमी कालापानी, लिपुलेख र लिम्पियाधुरालाई आफ्नो भागम देखाएपछि नेपालले आपत्ति जनाएको थियो। यसै वर्ष भारतले कालापानी हुँदै चीनको कैलाशमानसरोवर जाने लिंक रोड उद्घाटन गरेपछि नेपाल र भारतबीच तनाव झन् बढेको थियो। नरवणेले नेपालले गरेको विरोधलाई ‘चीनको उक्साहट’ बताएका थिए जसको नेपालमा मात्र होइन भारत भित्रै ठूलो आलोचना भएको थियो।
सीमा विवाद लिएर नेपालले पटक पटक वार्ताको लागि आव्हान गरे पनि भारतले आलटाल गर्दै आएको छ। वार्ता नहुँदा दुई देशबीच सम्वाद हुन सकेको थिएन। यसैबीच भारतीय स्थल सेनाध्यक्ष नरवणे कात्तिक १९ गने नेपाल भ्रमणमा आएका थिए। भ्रमणका बेला नेपाली अधिकारीहरुले सीमा विवादका विषय उठान गरेका थिए। नेपालबाट फर्केका साता दिन नबित्दै उनले नेपाल, भारत र चीन ‘ट्राई जक्सन’ सीमानाको हवाई निरीक्षण गरेका हुन्।
" /> काठमाडौं। नेपाल भ्रमणबाट फर्केको साता दिन बित्न नपाउँदै भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाल, भारत र चीन ‘ट्राई जक्सन्’ सीमानाको हवाई निरीक्षण गरेका छन्।उनले पिथौरागढ सीमा क्षेत्रको शुक्रबार हवाई निरीक्षण गरेको भारतीय मिडिया द टाइम्स अफ इण्डियाले आफ्नो सामाचार उल्लेख गरेको छ। निरीक्षणका क्रममा उनले त्यहाँको सुरक्षा अवस्था र भारतीय सेनाको तयारीलाई ध्यान दिएको जनाइएको छ।

">