काठमाडौं । सुर्खेतमा दाउरा प्रहार गरी श्रीमतीको हत्या भएको छ। पञ्चपुरी नगरपालिका-६ भावरकी ५७ वर्षीया अमृता बुचाको हत्या भएको हो।
हत्या आरोपमा उनका ५६ वर्षीय श्रीमान् देवीराम बुचा पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरेका देवीरामले विवाद गर्ने क्रममा श्रीमती अमृतामाथि दाउराको चिर्पट प्रहार गरेका थिए।
चिर्पट प्रहारबाट अमृता गम्भीर घाइते भएकी थिइन्। उपचारको लागि पञ्चपुरी अस्पताल बाबियाचौरतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।
प्रहरीले देवीरामबिरुद्ध कर्तब्य ज्यान सम्बन्धीको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौं । सुर्खेतमा दाउरा प्रहार गरी श्रीमतीको हत्या भएको छ। पञ्चपुरी नगरपालिका-६ भावरकी ५७ वर्षीया अमृता बुचाको हत्या भएको हो।हत्या आरोपमा उनका ५६ वर्षीय श्रीमान् देवीराम बुचा पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

">