जङ्गलमा दाउरा काट्दै गर्दा बालिकालाई यौन दुर्व्यबहार गर्न खोज्दा....
<p style="text-align: justify;">काठमाडौं । १५ वर्षीया किशोरीलाई यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीले सुनसरीमा एक जनालाई पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">धरान उपमहानगरपालिका–२० बस्ने २० वर्षीय सचिन राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">राईले बिहीबार दिउँसो सोही ठाउँको चुम्कुले जंगलमा दाउरा काट्दै गरेको अवस्थामा ती बालिकालाई यौन दुव्र्यवहार गरेको भन्ने आरोप छ।</p>
<p style="text-align: justify;">उनलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।</p>