रासस-एएनआई। भारतमा खेल प्रशिक्षण गराउने नीजि संस्थाहरुलाई सरकारले विषेश राहत प्याकेजको घोषणा गरेको छ। युवा तथा खेलुकुँद मन्त्री किरण रिजिजुले झण्डै पाँच सय ओटा खेल प्रशिक्षण संस्थाहरुलाई राहत दिन लागिएको जानकारी दिए।
“खेलो इन्डिया” अभियान अन्तर्गत उनीहरुलाई सहयोग गर्ने निर्णय भएको मन्त्री रिरिजुले जानकारी दिए। उनीहरुलाई फरक-फरक खेलकुदका फरक-फरक गतिविधि तथा कार्यक्रमहरुका लागि दिन लागिएको पनि उनले स्पष्ट पारे।
विषेश गरेर उनीहरुले दिदै आएको नतिजा, संभावित नजिता, प्रशिक्षकहरुको स्तर, उपलब्धता, खेल्ने ठाउँको अवस्था, भौतिक संरचना, खेल सम्वन्धी अन्य सुविधाहरु, कर्मचारीहरुलगायतका कुरालाई हेरेर सहयोग गर्ने मापदण्ड बनाइएको पनि मन्त्रालयले जनाएको छ।
“खेलकुदको विकास गर्नु सरकारको महत्वपूर्ण काम अन्तर्गत पर्दछ, त्यसका लागि नीति क्षेत्रका संस्थाहरुले पनि धेरै योगदान गरेका छन्, त्यसैले उनीहरुलाई सहयोग गर्न लागिएको हो,” मन्त्री रिजिजुले भने।
देशका दुर्गम क्षेत्रमा पनि खेलकुदको विकास तथा विस्तार गर्नु पर्ने र त्यहाँ रहेका खेल प्रतिभाहरुलाई पहिचान गरी विकास गर्नु पर्ने कुरामा पनि उनले जोड दिएका छन्।
" /> रासस-एएनआई। भारतमा खेल प्रशिक्षण गराउने नीजि संस्थाहरुलाई सरकारले विषेश राहत प्याकेजको घोषणा गरेको छ। युवा तथा खेलुकुँद मन्त्री किरण रिजिजुले झण्डै पाँच सय ओटा खेल प्रशिक्षण संस्थाहरुलाई राहत दिन लागिएको जानकारी दिए।“खेलो इन्डिया” अभियान अन्तर्गत उनीहरुलाई सहयोग गर्ने निर्णय भएको मन्त्री रिरिजुले जानकारी दिए। उनीहरुलाई फरक-फरक खेलकुदका फरक-फरक गतिविधि तथा कार्यक्रमहरुका लागि दिन लागिएको पनि उनले स्पष्ट पारे।

">