काठमाडौंमा हस्तकला प्रदर्शनी हुँदै
काठमाडौं।  आजदेखि काठमाडौंको भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी हुँदैछ।

उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँनयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित बनाउन, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताको चाहनाअनुरूप वस्तु डिजाइन संयोजनका बारेमा उद्यमी व्यवसायीमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघले मेला आयोजना गर्दै आएको छ।

हस्तकला मेलाबाट नेपाली उद्यमी, व्यवसायी, निर्यातकर्ता र विदेशी आयातकर्ताकाबीचमा व्यावसायिक सम्बन्ध विस्तार हुने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताए।

धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलनबाँसका वस्तु प्रदर्शनीको आकर्षण रहनेछ।

नेपाली हस्तकला वस्तुको आन्तरिक बजारमा १० अर्ब रूपैयाँ बराबरको वार्षिक खरीद बिक्री भइरहेको छ।

त्यस्तै १० अर्ब रूपैयाँभन्दा माथिको सामान तेस्रो मुलुकसहित विश्वका ८० भन्दाबढी मुलुकमा निर्यात हुदै आएको छ।

नेपालमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारत आदि मुलुकमा निर्यात हुँदै आएको छ।

यसले देशभर ११ लाख मानिसलाई रोजगारी दिइरहेको छ।

१६ मंसीरसम्म सञ्चालन हुने मेलामा आठ वटा प्याभिलियनसहित करीब २०० कक्ष रहनेछ।

मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश आदि अन्तर्राष्ट्रिय व्यापारीको २० कक्ष रहनेछन्।

मेलामा प्याभिलियनमार्फत नेपाल हातेकागज सङ्घ, स्वच्छ व्यवसायी समूह नेपाल आदिको सहभागिता रहनेछ।

ती कक्षमा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा तथा बाँसका सामान राखिनेछ। रासस

प्रतिक्रिया दिनुहोस्