बाराक ओबामा जति असल देखिन्छन्, उति नै राम्रा लेखक पनि हुन्। एउटा छोटो संस्मरण पुस्तकमा के कति कुरा आउने अपेक्षा गर्न सकिन्छ? सोचेजति आएन भने पनि गुनासो गर्ने ठाउँ रहँदैन। तर ओबामाको यो पुस्तक पढ्दा बेग्लै आनन्द आउँछ। वाक्यदेखि वाक्यसम्म प्रयुक्त भव्य गद्य, विस्तारित र सुललित अनि विविध आयाम।
दक्षिणपूर्वी एसियादेखि विस्मृतिमा गइसकेको दक्षिण क्यारोलाइनाको स्कुल, उनी हल्का तर निश्चित ढंगमा भावनालाई स्पष्ट ढंगमा पोख्छन्। यो दुई खण्डमध्ये पहिलो हो, यसमा उनको जीवनको सुरूआती समयका कुरा छन्। आरम्भकालका राजनीतिक अभियानका सन्दर्भ। केन्टुकीमा भएको एक बैठक, जहाँ उनलाई ‘सिल’ समूहसँग परिचय गराइएको, सोही समूहले अबोट्टावादमा ओसामा बिन लादेनलाई मारिदिएको थियो।
उनले व्यक्तिगतभन्दा राजनीतिक कुरालाई बढी ध्यान दिएका छन्। तर, जब उनी आफ्नो पारिवारिक कुरा लेख्न थाल्छन् तब मीठो नोस्टाल्जियाले छोप्छ। मालिया, सासा मिचेलका सन्दर्भ अनि उनकी आमा जो बरफको टुक्रा चुसिरहेकी छन्, तिनको ग्रन्थी क्यान्सरले नष्ट पारिसकेको छ।
‘नोबेल पुरस्कार? किन? केका लागि?’ उनी विश्वास गर्न सक्दैनन् र प्रश्न गर्छन्, आफू उक्त पुरस्कारले सम्मानित हुन लागेको सुनेपछि।
कथा भन्ने शैली लगभग परम्परागत नै छ। चरित्र चित्रणलाई दृश्यात्मक बनाएका छन्। कर्मचारीले उडाएको चुरोटको धुवाँ, हिलारी क्लिन्टनसँगको प्रसंग र उत्पन्न नाटकीय तनाव, चीनसँग सम्पन्न जलवायु शिखर सम्मेलन बैठकजस्ता समसामयिक सन्दर्भ छन्। यो पुस्तकमा प्रयुक्त भाषा कल्पनाशीलता वा साहित्यिकताले भरपूर छैन, तर बयान चित्ताकर्षक छन्।
ओस्लो सहरमा मैनबत्ती बोकेका मानिसको भीड थियो। अँध्यारो रातमा मैनबत्तीको उज्यालो, उनले नोबेल शान्ति पुरस्कार पाएको उपलक्ष्यमा देखिएको थियो।

ओबामाको विचारशीलता उनको राजनीतिक करिअर देख्ने जोकोहीलाई पनि स्पष्ट ढंगमा थाहा छ। तर, उनी यो पुस्तकमा स्वयमलाई आत्मप्रश्नका निम्ति खुल्ला राख्छन्। र, आफैंलाई आत्मसवाल बारम्बार गर्छन्।
उनी सोच्छन्, आफूसँग मौलिक आलस्य छ। एक पतिका रूपमा आफ्नो कमजोरी स्वीकार्छन्। कुनै समय आफूले प्रयोग गरेका शब्दप्रति क्षमाशील बन्छन्। तर, प्रश्न त उठिहाल्छ- अन्य मानिसका सामु आफूलाई कमजोर देखाउन हुन्छ? ओबामा जब गहिरो आत्मचेतनासहित लेख्छन्, तब उनी चिन्तनमा डुब्छन्।
उनी किशोरावस्थामा रहँदा सामाजिक जागरूकताबारेको आफ्नो सोचप्रति पनि कठोर मूल्यांकन गर्छन्। उनको आत्ममूल्यांकन निकै कठोर सुनिन्छ। यसलाई त्यो उमेरमा हुने सामान्य प्रतिक्रिया पनि मान्न सकिएला।
उनको आत्मजागरूकता निकै गहिरो र गम्भीर छ, आत्मघृणाको तुलनामा त्यो अँध्यारो छैन। उनले आफूभित्र सम्पूर्ण मानवतालाई एक गहिरो उदारतामा फुलाएका छन्। उनी स्वयम्लाई गम्भीर घटनाबाट मुक्त पारेर प्रफुल्लित हुन मन पराउँछन्। यसैले उनी अयोग्य मानिसलाई पनि क्षमासहित प्रशंसा र सन्देहको लाभ दिन रूचाउँछन्। उनी कतिपय राजनीतिक टकरावलाई पनि सुन्दर मानवीय प्रतिक्रिया दिएर टुङ्ग्याउन सक्छन्।
आफ्नै निर्मम आत्ममूल्यांकन गरेर कसले नै आत्मकथा लेखेको होला र? प्राय: पुस्तकमा आत्मप्रकाशन नै हुने हो। तर उनले कुनै पनि प्रसंगलाई अतिरञ्जित बयान गरेका छैनन्।
खासमा राजनीतिक संस्मरणको मुख्यआकर्षण ‘गफगाफ’ नै हुने गर्छ। त्यस्ता पुस्तकमा हामीले कल्पना गरेको आश्चर्यजनक विवरण नै पाइने गर्छ। कतिपयको त बकवास नै हुने गरेको छ। तर, ओबामा चिन्तनशील र गम्भीर छन्। उनलाई आत्मप्रचार गर्नु छैन।
कतिपय विषयमा रिपब्लिकनले गरेको उनको विरोध आश्चर्यजनक लाग्छ। देशका लागि उनले ल्याएका कतिपय कानुन पूरा नपढी विरोध भएका छन्, उनले यसलाई देशसँग जोडेर हेरेका छन् आफूसँग होइन। त्यसबाट अमेरिकालाई पर्न सक्ने हानिको चिन्ता गरेका छन्। कतिपय सवालमा उनले प्रस्तुत गर्ने प्रभावकारी शैली र शिष्टताका कारण सफलता पाएका छन्।
विदेश नीतिका सन्दर्भमा उनी कम संरक्षित देखिन्छन्। उनी अमेरिकीको स्पष्ट र लोकतान्त्रिक चरित्र र त्यसभित्रका रूढिवादिताको पनि चित्रण गर्छन्। त्यसैले उनी अमेरिकी असाधारणताका सच्चाशिष्य लाग्छन्। अमेरिका केवल भयभित छैन, सम्मानित पनि छ। उनी यसको प्रमाण पेस गर्छन्, अमेरिकाले आफ्नो अपूर्णतामा पनि कयौं सही कार्य गरेको उल्लेख गर्छन्।
उनी एक ठाउँमा लेख्छन्, ‘‘जो मानिस अमेरिकाको भूमिकाबारे आशंका गर्छन्, ती पनि अमेरिकाको जस्तो प्रणााली विकास गर्नका लागि हामीमा निर्भर छन्। ती अधिकांश विरोधाभासी कुरा गर्छन्।’’

मिसेलसँगको उनको प्रेमपूर्ण मित्रता एकान्तमै चम्किएको छ। त्यसका निम्ति आफूले गरेको त्याग उनी स्वीकार्छन्। जब पहिलोपटक उनीहरू भेटिन्छन्, तब पनि सुसंगत कुरा गर्छन्। उनीहरूसँग बकवास गर्ने समय हुँदैन। संक्षेपमा आफ्ना कुरा राख्छन्।
ओबामाको जीवनचित्र, उनको संक्षिप्तता र अन्तदृष्टि खुब रमाइलो छ। पुस्तकमा उनले चित्रण गरेका कतिपय देशका राजनेता तथा प्रशासकका बयान चित्ताकर्षक छन्।
काला अमेरिकीको ‘सुरक्षात्मक निराशावाद’को अर्थ के हो? उनले राष्ट्रपतिका हैसियतले यिनको गरिबीबारे के गर्न सक्छन्? ओबामा हुसेन (मध्यनाम) ह्वाइट हाउसमा हुनुले तिनले आफूलाई भाग्यमानी मान्लान्? उनको जितमा तिनले के सोचिरहेका थिए वा ती रोइरहेका थिए?
इमानदार मानिस स्वयम् एउटा इमानदार खाता हो। त्रुटिपूर्ण शब्दहरूबाट कोही सार्वजनिक व्यक्तिको प्रशंसा गर्नु अहिले सामान्य कार्य बनेको छ। अनि जो त्रुटिपूर्ण छैन, तिनको प्रशंसा नगर्नु क्रूरता हो।
उनको राष्ट्रपतिकालमा, जब कोही म भेट्थेँ तिनलाई ‘तिमी ओबामा गरिरहेका छौ’ भन्थेँ। यसको अर्थ तिनका बारेमा गम्भीर ढंगमा सोच्नु। यो पुस्तकमा ओबामा प्राय: त्यही ‘ओबामा गरिरहेका’ भेटिन्छन्। उनी एउटा यस्ता व्यक्ति हुन् जो स्वयम्लाई हेरिरहेका छन्, उत्सुकताले र सन्देहले।
हरेक कोणबाट हेरेपछि र सन्देह गरेपछि सम्भवत: एक विचार जन्मन्छ, असन्तुष्टिको। उनलाई मिसेल सोध्छिन्- सधैं कठिन बाटो किन चुन्छौ? सायद तिमीभित्र भर्नका लागि तयार कुनै प्वाल छ।

ओबामाको कथा दोस्रो खण्डमा पनि जारी रहने छ। तर यिनले अमेरिकाको इतिहासको एक महत्त्वपूर्ण क्षणलाई उज्यालो पारिदिएका छन्। अन्य मुलुक अपरिवर्तित हुँदा पनि यिनले अमेरिकालाई परिवर्तनशील बनाइदिएका छन्।
(अमेरिकाका पूर्वराष्ट्रपति बाराका ओबामाको पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’माथि विश्वविख्यात लेखिका चिमामान्डा अदिचीले गरेको समीक्षाको अनुदित तथा सम्पादित अंश, दि न्युयोर्क टाइम्सबाट)
" /> बाराक ओबामा जति असल देखिन्छन्, उति नै राम्रा लेखक पनि हुन्। एउटा छोटो संस्मरण पुस्तकमा के कति कुरा आउने अपेक्षा गर्न सकिन्छ? सोचेजति आएन भने पनि गुनासो गर्ने ठाउँ रहँदैन। तर ओबामाको यो पुस्तक पढ्दा बेग्लै आनन्द आउँछ। वाक्यदेखि वाक्यसम्म प्रयुक्त भव्य गद्य, विस्तारित र सुललित अनि विविध आयाम।दक्षिणपूर्वी एसियादेखि विस्मृतिमा गइसकेको दक्षिण क्यारोलाइनाको स्कुल, उनी हल्का तर निश्चित ढंगमा भावनालाई स्पष्ट ढंगमा पोख्छन्। यो दुई खण्डमध्ये पहिलो हो, यसमा उनको जीवनको सुरूआती समयका कुरा छन्। आरम्भकालका राजनीतिक अभियानका सन्दर्भ। केन्टुकीमा भएको एक बैठक, जहाँ उनलाई ‘सिल’ समूहसँग परिचय गराइएको, सोही समूहले अबोट्टावादमा ओसामा बिन लादेनलाई मारिदिएको थियो।

">