महेन्द्रनगर। क्याप्टेन वेद उप्रेती ट्रस्टले कञ्चनपुरको महेन्द्रनगरमा ‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम परिसर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ।
ट्रस्टका सञ्चालक क्याप्टेन उप्रेतीले स्टेच्यू अफ सिद्धनाथबाबा र म्युजियम परिसर सर्वसाधारणका लागि खुला गरेको बताए। उनले भने, “लकडाउन र महामारीले सञ्चालन समयमा गर्न सकेनौं।”
उनले पछिल्लो समय म्युजियम परिसरमा फोटो खिच्ने, टिकटक बनाउने क्रम बढेपछि निर्माणाधीन म्युजियमबाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला गरेको बताए। उनले भने, “अवस्था ठीक भए सबै सेवा नियमित गर्ने छौं।”
परिसरबाहिर स्टेच्यू अफ सिद्धनाथाबाबा, स्वीमिङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूरपश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु रहेका छन् भने भित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन कक्ष छन्।
यसले विद्यार्थीहरुलाई प्रेरणा, सिद्धनाथ बाबाको दर्शनपश्चात पाइने सन्तुष्टि, युवाहरुलाई थ्रि डी र अप्स एण्ड डाउनको आकर्षण र गर्मीमा नौ धारासहितको स्वीमिङ पुल र हेलिकोप्टरभित्र बसी जो कोहीले खिच्न पाउने फोटोग्राफको अवसरले यो संरचना सुदूरपश्चिमको आर्कषक पर्यटकीय स्थल बन्ने बताए। सो संरचनाका लागि क्याप्टेन उप्रेतीकी आमा सरस्वती र क्याप्टेन स्वयंले ट्रस्टका लागि जग्गा दान गरेका छन्। जग्गाको मूल्य तीन करोड रुपैयाँ पर्छ। म्युजियमको निर्माणमा चार करोड रुपैयाँसमेत गरी सात करोड रुपैयाँको लागतमा म्युजियम बनेको हो। जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने आमा सरस्वतीको उक्त परिसरभित्र शालिक बनाइएको छ।
ट्रस्टले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो स्थलमा प्रवेश नि:शुल्क गरेको छ। अन्यको हकमा प्रवेश शुल्क ५० रुपैयाँ निर्धारण गरिएको छ। म्युजियम पूर्णरुपमा सञ्चालनमा आइसकेपछि भने विद्यार्थीलाई १०० रुपैयाँ र अन्यका लागि १५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ।
ट्रस्टले यसअघि धनगढी र काठमाडाैंमा म्युजियम सञ्चालनमा ल्याइसकेको छ। रासस
" /> महेन्द्रनगर। क्याप्टेन वेद उप्रेती ट्रस्टले कञ्चनपुरको महेन्द्रनगरमा ‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम परिसर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ।ट्रस्टका सञ्चालक क्याप्टेन उप्रेतीले स्टेच्यू अफ सिद्धनाथबाबा र म्युजियम परिसर सर्वसाधारणका लागि खुला गरेको बताए। उनले भने, “लकडाउन र महामारीले सञ्चालन समयमा गर्न सकेनौं।”

">