एकल सन्तान: झन् बढी तेज
-अना अज्नर

एक्लो सन्तानबारे मिथजस्तै एउटा धारणा छ– लाडप्यारले हुर्किएका हुनाले ती जिद्दी हुन्छन् । उनीहरुलाई प्रायः स्वार्थी, बिग्रिएका, हठी, सामाजिक रुपमा घुलमिल हुन नसक्ने लगायतका विशेषणले चिनाइने गरिन्छ । मनोविज्ञानका शास्त्रीय किताबहरुमा पनि उनीहरुलाई यसैगरी चित्रण गरिएको छ ।

अमेरिकन साइकोलोजिकल एसोसिएसनका प्रथम अध्यक्ष एवं पछिल्लो शताब्दीका प्रभावशाली मनोवैज्ञानिक ग्रानभिल स्टान्ली हलले त भनेकै थिए– “एउटा मात्र बच्चा हुनु आफैमा रोग हो ।”

तर त्यसयता हामी मनोवैज्ञानिकहरुले उनको धारणामा निकै संशोधन गरेका छौं । पछिल्लोपटक करिब दुई हजार जर्मन वयस्कहरुमाझ गरिएको अध्ययनले पुष्टि गरेको छ– एक्लो सन्तान हुनु आत्मश्लाघाले भरिनु होइन ।

यो अध्ययनको नाम नै ‘द इन्ड अफ् अ स्टेरियोटाइप’ (एउटा रुढीको अन्त्य) दिइएको छ ।

तर अझै केही रुढीहरु भने बाँकी नै छन् । त्यसैले उक्त अनुसन्धानले फेला पारेका तथ्यबारे ध्यान दिउँ ।

व्यक्तित्वलाई ध्यान दिने हो भने दाजुभाई, दिदीबहिनी भएका र नभएका व्यक्तिमा कुनै पनि फरक छैन । उनीहरु अरुजस्तै बहिर्मुखी, परिपक्व, सहयोगी, स्वतन्त्र हुन्छन् । व्यक्तिगत नियन्त्रण गर्ने र नेतृत्व लिने क्षमता पनि उनीहरुको अरु समान नै हुन्छ । वास्तवमा, एक्लो बच्चामा उच्च उपलब्धि हासिल गर्ने प्रेरणा, आकांक्षा, लगाव र निरन्तरता हुन्छ । त्यस्तै भाइबहिनी हुनेहरुको तुलनामा उनीहरुमा नयाँ परिस्थितिसँग अनुकुल हुने क्षमता बढी हुन्छ ।

केही अध्ययनहरुले एक्लो बच्चा अरु भन्दा बुद्धिमान र उच्च शिक्षा हासिल गर्न सक्षम देखाउँछन् । भाइबहिनी भएका र नभएका व्यक्तिको बौद्धिकताबारे गरिएको ११५ वटा अनुसन्धानका नतिजाको अध्ययनले एक्ला बच्चाहरु तुलनात्मक रुपमा अरुभन्दा बौद्धिक भएको देखाउँछ ।

तर ध्यान दिनुपर्ने के हो भने यो बौद्धिकता स्कुल जानुभन्दा अघिका बच्चाहरुमा देखिएको हो । उपल्लो तहसम्म पुग्दा भाइबहिनी भएका र नभएका बीचको अन्तर घट्दै जाने गरेको पाइयो ।

अध्ययनको क्रममा भाइबहिनी भएका र नभएका बीचको मानसिक स्वास्थ्य पनि जाँच गरिएको थियो । यसमा पनि खासै फरक पाइएन ।

लामो समयदेखि एक्ला सन्तानहरु एकलकाँटे हुने र साथी बनाउन नखोज्ने खालका हुन्छन् भन्ने मान्यता राख्ने गरिएको थियो । अनुसन्धानले यस्तो केही पनि नहुने देखाएको छ । एक्ला बच्चाहरुले पनि अरुले जत्तिकै साथी बनाउन सक्छन् ।

एक्लो सन्तान हुनु उपयुक्त होे त ?

तुलनात्मक रुपमा हेर्ने हो भने भाइबहिनी हुनु र नुहुनुले मान्छेको व्यक्तित्व निर्माणमा खासै फरक पार्दैनन् । तर, केही फरक हेर्ने हो भने भाइबहिनी नहुनु हितकारी देखिन्छ ।

भाइबहिनी भएका बच्चाको तुलनामा एक्ला बच्चाहरुले अभिभावकको ध्यान, माया र हेरचाह बढी पाउँछन् । यसले बच्चामा नकारात्मक प्रभाव पार्छ भन्ने सोचिन्थ्यो । यसले बच्चाहरु बिग्रिन्छन् र अरुसँग घुलमिल गर्न सक्दैनन् भन्ने ठानिन्थ्यो । तर, अनुसन्धानहरुपछि के भन्न सकिन्छ भने, अभिभावकको माया पाउन हुने प्रतिस्पर्धाको कमीले बच्चालाई फाइदा नै पु¥याउँछ ।

अहिले संसारैभरी एक्ला सन्तान हुने परिवारको संख्या बढ्दो छ । सम्भवतः एक्लो सन्तानलाई हेर्ने दृष्टिकोण पनि फेरिनेछ । ढुक्क भए हुन्छ, एक्लो सन्तान हुनु कुनै पनि हिसाबले समस्याजनक छैन ।

द कन्भर्सेसनबाट अनुदित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्