काठमाडौं। गुल्मीको गुल्मी दरबार गाउँपालिका-२ फोक्सिङमा गएराति जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
गम्भीर घाइते भएका स्थानीय २४ वर्षीय मेखबहादुर गाहाको उपचारको क्रममा शोभा सारथी क्लिनिक मजुवामा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिप दुर्घटनामा परी गम्भीर घाइते भएका अन्य चार जनालाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा रिफर गरिएको छ।
घाइते हुनेमा स्थानीय २८ वर्षीय घनबहादुर गाहा, सोही ठाँउ बस्ने २३ वर्षीय प्रेमबहादुर पल्ली, ३५ वर्षीय श्री रासकोटी, १६ वर्षीय अलिस पाल्पाली रहेका छन्।
मजुवाबाट हटियातर्फ जादै गरेको लु १ च ४७ ११ नम्बरको जिप गएराति करिब साढे ११ बजे आफैं अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो।
यता काठमाडौँ उपत्यकाभित्र गएको २४ घण्टामा भएका ३१ वटा सवारी दुर्घटनामा १५ जना जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। गुल्मीको गुल्मी दरबार गाउँपालिका-२ फोक्सिङमा गएराति जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।जिप दुर्घटनामा परी गम्भीर घाइते भएका अन्य चार जनालाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा रिफर गरिएको छ।

">