सुदूरपश्चिम। भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमावर्ती क्षेत्रबाट गएको चौमासिक अवधिमा अवैधरुपमा आयात निर्यात भएका ६६ लाख २१ हजार ९८१ रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीको टोलीले सीमावर्ती क्षेत्रमा बरामद गरेका ती सामान भन्सार कार्यालयमा बुझाइएको छ। बरामद भएको मध्ये ५१ लाख ९६ हजार ४८१ रुपैयाँ मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न रासायनिक मल, हार्डवेयर, हरियो केराउलगायतका सामान रहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र कुवँरले जानकारी दिए।
यस्तै ११ लाख ५३ हजार ५०० रुपैयाँ बराबरको अवैध काठ र काठ बोक्न प्रयोग भएका सवारीसाधनसमेत नियन्त्रणमा लिई डिभिजन वन कार्यालयमा बुझाइएको छ। दुई लाख ७२ हजार रुपैयाँ बराबरका अवैध माछा र कुखुरा बरामद गरी नष्ट गरिएको छ। लागुऔषध ब्राउन सुगर, खैरो हिरोइन, चरेशसहित यसको तस्करी र ओसारपसारमा संलग्न आठ जनालाईसमेत पक्राउ गरिएको छ।
“सीमा क्षेत्रमा चोरी तस्करीजस्ता अवैध र अवाञ्छित गतिविधि पहिलेको भन्दा घटेका छन्,” प्रहरी उपरीक्षक कुवँरले भने, “थप सात ठाउँमा बीओपी स्थापना गर्न सकिएमा चोरी तस्करी जस्ता अवैध कार्य थप नियन्त्रणमा आई सीमा सुरक्षामा बल पुग्ने छ।”
कैलालीको सीमावर्ती क्षेत्रमा आवश्यक थप सात ठाउँमा बीओपी थप्ने प्रक्रिया अघि बढेको जनाइएको छ। कैलालीको १०१ किमि सीमा भारतसँग जोडिएको छ। सीमा क्षेत्रमा हाल सशस्त्र प्रहरी बलको १२ ठाउँमा रहेका सीमा सुरक्षा पोस्ट (बीओपी)मार्फत् नियमित गस्ती भइरहेको छ।
अहिलेसम्म प्रत्येक १० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको एक बीओपी रहेकोमा अब प्रत्येक पाँच किलोमिटरको दूरीमा एक बीओपी स्थापना गर्ने प्रक्रिया अघि बढाउन लागिएको बताइएको छ। जिल्लाका सशस्त्र प्रहरीका चार वटा सुरक्षा बेशबाट राजमार्ग सुरक्षा भइरहेको छ। पछिल्ला महिनामा देखिएको कोभिड-१९ को महामारीको समस्या उत्पन्न भएसँगै सीमा क्षेत्रबाट खटिएको सशस्त्रले सर्वसाधारणको आवागमन रोक्न अग्रपंक्तिमा रहेर काम गरिरहेको छ। रासस
" /> सुदूरपश्चिम। भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमावर्ती क्षेत्रबाट गएको चौमासिक अवधिमा अवैधरुपमा आयात निर्यात भएका ६६ लाख २१ हजार ९८१ रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बरामद गरिएको छ।सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीको टोलीले सीमावर्ती क्षेत्रमा बरामद गरेका ती सामान भन्सार कार्यालयमा बुझाइएको छ। बरामद भएको मध्ये ५१ लाख ९६ हजार ४८१ रुपैयाँ मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न रासायनिक मल, हार्डवेयर, हरियो केराउलगायतका सामान रहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र कुवँरले जानकारी दिए।

">