चितवनकाे इच्छाकामनामा तरकारी सङ्कलन केन्द्र निर्माण
चितवन। चितवनको  इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र  निर्माण गरेको छ।
किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले ७८ लाखकाे  लगानीमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको बताइन्।
किसानहरुलाई  उचित मूल्य दिलाउने र भिडभाड कम हुने गरी व्यवस्थापन गर्न लागिएको उनको  भनाइ छ।
किसानहरूबाटै समिति निर्माण गरी केन्द्र सञ्चालन गरिने उनले बताइन्।
तरकारी सङ्कलन केन्द्र नहुँदा तरकारी उत्पादनमा संलग्न किसानले सास्ती खेप्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस्