कञ्चनपुर। कृष्णपुर नगरपालिका-१, कुइयागडा चुरे भावर वन क्षेत्रबाट सशस्त्र प्रहरीले आज एक थान भरुवा बन्दुक बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर–३५ नं गण हेडक्वार्टर शैलेश्वरी झलारीका सशस्त्र प्रहरी निरीक्षक इश्वरीदत्त भट्टको कमाण्डमा रहेको एरीया मोबाइल टोलीले भरुवा बन्दुक फेला पारेको हो।
वन क्षेत्रमा बन्दुक पड्केको आवाज सुनिएपछि मोबाइल टोलीले चोरी शिकारीको आशंकामा खोजतलास गर्दा बन्दुक फेला पारेको गस्तीमा संलग्न सशस्त्र प्रहरीका जवानहरूले बताएका छन्। बन्दुक पडकाउनेहरू भागेकाले पक्राउ गर्न नसकिएकाे उनीहरूकाे भनाइ छ।
बन्दुक पड्काउनेहरु चोरी शिकारी गर्न वन क्षेत्रमा गएका व्यक्तिहरू हुन सक्ने बताइएको छ।
बरामद बन्दुक जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ। सोही ठाउँको पहरीयाबाट सशस्त्र प्रहरीले गएराति अवैध काठसमेत बरामद गरेको थियो। रासस
" /> कञ्चनपुर। कृष्णपुर नगरपालिका-१, कुइयागडा चुरे भावर वन क्षेत्रबाट सशस्त्र प्रहरीले आज एक थान भरुवा बन्दुक बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर–३५ नं गण हेडक्वार्टर शैलेश्वरी झलारीका सशस्त्र प्रहरी निरीक्षक इश्वरीदत्त भट्टको कमाण्डमा रहेको एरीया मोबाइल टोलीले भरुवा बन्दुक फेला पारेको हो।

">