खाना पकाउँदा घरमा आगो सल्कियो, झण्डै १७ लाखको क्षति
<p style="text-align: justify;">काठमाडौँ। इलामको देउमाई नगरपालिका-१ गोलियाटारको एक घरमा आगलागी भएको छ। बिहीबार बिहान शान्ति राईको घरमा आगलागी भएको हो।</p>
<p style="text-align: justify;">खाना पकाउने क्रममा आगलागी भएको हो। आगलागीबाट राईको घर, नगद ६० हजार रूपैयाँ, खाद्यान्न पसल, सुन, चाँदी लगायतका विभिन्न सामान जलेर नष्ट भएको छ।</p>
<p style="text-align: justify;">प्रहरी चौकी रक्सेले आगलागी हुँदा राईको करिब १६ लाख ७२ हजार रूपैयाँ बराबरको क्षति भएको जनाएको छ। </p>
<p style="text-align: justify;">आगो प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको थियो।</p>