काठमाडौं। नेपाली सेनाले विष्फोटक पदार्थ उत्पादन गर्ने आफ्नो कारखाना ‘सुनाचरी इमल्सन प्लान्ट’मा बार्षिक दुई हजार ४०० मेट्रिकटन विष्फोटक पदार्थ उत्पादन गर्न सक्ने मेशीन जडान गरेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा केही समयअघि यो मेशीन जडान गरिएको उल्लेख छ। सैनिक बारुद कारखानाको उत्पादन र त्यसको आपूर्ति प्रक्रियाबारे जानकारी दिन आज आयोजित कार्यक्रममा सेनाले यसबारे जानकारी दिएको हो।

सुनाचरी ईमल्सन प्लान्टमा यो मेशीन जडान गरिएपछि माग बमोजिमको विष्फोटक पदार्थ आपूर्ति गर्दै जान सकिने समेत सेनाले जनाएको छ। सेनाले सुनाचरी इमल्सन प्लान्ट र स्वयम्भु बारुदखानाबाट विष्फोटक पदार्थ उत्पादन गर्दै आएको छ।

सैनिक प्रवक्ता, सहायकरथी विज्ञानदेव पाण्डेले पुरानो प्लान्टबाट एक हजार २०० मेट्रिकटन मात्र उत्पादन गर्दै आएकोमा नयाँ प्लान्ट जडानसँगै उत्पादन क्षमता तीन हजार ६०० मेट्रिकटन पुगेको देखापढीलाई बताए।

आज जंगीअड्डामा आयोजित कार्यक्रममा सेनाले दुवै ठाउँबाट उत्पादित विष्फोटक पदार्थहरूको गुणस्तर कायम गर्दै आपूर्ति र वितरण प्रक्रिया थप सरल, सहज र व्यावहारिक बनाउनेबारे सैनिक अधिकृतहरू र विष्फोटक पदार्थ प्रयोगकर्ता निकायबीच छलफल गरेको हो।

विभिन्न राष्ट्रिय महत्व तथा गौरवका आयोजनाहरुको निर्माण कार्यमा विष्फोटक पदार्थको आपूर्ति गर्दैै आएको सेनाले जनाएको छ। देशका विभिन्न भागमा सञ्चालित अन्य विकास निर्माणका आयोजनाहरूको उद्देश्य अनुरूप समयमै कार्य सम्पन्न गर्न आवश्यक पर्ने विष्फोटक पदार्थहरूको प्राप्ति प्रभावकारी बनाउन अन्तरक्रिया आयोजना गरिएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सैनिक प्रवक्ता पाण्डेका अनुसार पहिलेको प्लान्ट ‘सेमी अटोमेटेड’ मात्र रहेकोमा नयाँ प्लान्ट ‘फूल अटोमेटेड’ छ। यसको गुणस्तर पनि राम्रो रहेको उनले बताए। “यसबाट उत्पादित ३९ मेट्रिकटन विष्फोटक पदार्थ हामीले विभिन्न जलविद्युत आयोजनालाई दिएका थियौं”, उनले भने, “उनीहरूबाट यसको गुणस्तरबारे राम्रो रेस्पोन्स आएको छ।”

नयाँ प्लान्टले ‘सिंगल सिफ्ट’मा बार्षिक दुई हजार ४०० मेट्रिकटन विष्फोटक उत्पादन गर्छ। यसलाई ‘डबल सिफ्ट’मा चलाउँदा चार हजार ८०० मेट्रिकटन उत्पादन गर्न सकिने सैनिक प्रवक्ता पाण्डेले बताए। “यो प्लान्ट बिचमा बिग्र्यो वा कच्चापदार्थको आपूर्ति समयमै भएन भने के गर्ने भन्नेमा धेरैको चिन्ता व्यक्त भएको पायौं”, उनले भने, “हामी पुरानो प्लान्टलाई रिजर्भ प्लान्टको रुपमा राखेर नयाँ प्लान्टमा कुनै खराबी आए त्यसलाई प्रयोग गर्छौं, कच्चापदार्थको हकमा चाहिँ पहिले बार्षिक रुपमा मात्र खरीद गर्दै आएकोमा अब ४-५ बर्षलाई नै पुग्नेगरी खरीद गर्नेछौं। उत्तर र दक्षिण दुवैतिरका छिमेकीबाट कच्चापदार्थ खरीद गर्ने प्रक्रिया तय गरेका छौं।”

विष्फोटक पदार्थको कच्चापदार्थ रासायनिक मल उत्पादन गर्दाको ‘बाइप्रोडक्ट’ नै हुने भएकाले नेपालमै रासायनिक मल उत्पादन कारखाना स्थापना भए कच्चापदार्थको समस्या नै नपर्ने उनले बताए।

नेपालका  जलविद्युत आयोजनालगायत ठूला विकास आयोजनामा वार्षिक करीब ५ हजारदेखि ६ हजार मेट्रिकटन विष्फोटक पदार्थ आवश्यक पर्ने बताइन्छ। सेनाको नयाँ प्लान्ट ‘डबल सिफ्ट’मा चल्दा त्यो माग लगभग पुरा गर्न सकिने सैनिक प्रवक्ता पाण्डेले बताए।

" /> काठमाडौं। नेपाली सेनाले विष्फोटक पदार्थ उत्पादन गर्ने आफ्नो कारखाना ‘सुनाचरी इमल्सन प्लान्ट’मा बार्षिक दुई हजार ४०० मेट्रिकटन विष्फोटक पदार्थ उत्पादन गर्न सक्ने मेशीन जडान गरेको छ।

"> सेनाले जडान गर्‍यो २४०० मेट्रिक टन विष्फोटक पदार्थ उत्पादन गर्ने ‘अटोमेटेड प्लान्ट’: Dekhapadhi
सेनाले जडान गर्‍यो २४०० मेट्रिक टन विष्फोटक पदार्थ उत्पादन गर्ने ‘अटोमेटेड प्लान्ट’

प्रतिक्रिया दिनुहोस्