काठमाडौँ। सर्लाहीको विष्णुपुर गाउँपालिकाको मधुवनगोठका रूपेश साहसँग सम्बन्ध विच्छेदपछि १७ वर्षीया अमृता कुमारी माइतीमै बस्दै आएकी थिइन्। अमृताको माइतीघर रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहामा छ।
सोही घरमा उनको बुधबार राति हत्या भएको छ। गोली प्रहार गरी उनको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहका अनुसार अमृताको कञ्चटमा गोली लागेको छ।
“अमृताको दायाँ कञ्चटमा गोली लागेको देखिन्छ र उनको घटनास्थलमै मृत्युभएको रहेछ” एसपी शाहले भने, “घटनाबारे हामीले अनुसन्धान गरिरहेका छौँ।”
उनको घटनास्थलमै मृत्यु भएको हो। उनी खाटमा सुतिरहेकी थिइन्। आमा सीतादेवी साह शौचालय गएको मौकामा नचिनेका मानिसहरूको एक समूहले अमृतामाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको एसपी शाहले बताए।
“आमा सीतादेवी साह शौचालय जाँदा घरमा पसेर सुतिरहेकी अमृतामाथि गोली प्रहार भएको रहेछ”, एसपी शाहले थपे, “गोलीको आवाज सुनेपछि शौचालयबाट निस्केर कोठामा जाँदा अमृता छट्पटाएको देखिएको र केहीबेरमै मृत्यु भएको आमा सीतादेवीले भनेकी छिन्।”
प्रहरीले घटनामा संलग्नको पहिचान भएको जनाएको छ। उनीहरूको खोजी कार्यमा प्रहरी जुटेको छ।
वि.स. २०७६ फागुन २५ गते रुपेशसँग अमृताको मागी बिहे भएको थियो। बिहे गरेलगत्तैदेखि उनीहरूको सम्बन्ध सुमधुर रहेन। सोही कारण २०७७ साउन २५ गते उनीहरूबीच सम्बन्धविच्छेद भयो।
जिल्ला अदालत मलंगवामा भएको सम्बन्धविच्छेदपछि अमृता माइतीमा बस्दै आएकी थिइन्।
अमृताको प्रेम सम्बन्धका कारण हत्या भएको हुनसक्ने प्रहरी आशंका छ। रौतहट प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुसार गत वैशाखमा रुपेशमाथि चक्कु प्रहार भएको थियो।
उनले घटनामा संलग्नहरूको पहिचान भएको बताए।
रौतहटमा शृङ्खलाबद्ध रूपमा हत्याका घटनाहरू भइरहेका छन्। गत साउन ३१ गते यता अमृतासँगै ८ जनाको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन ३१ गते गरुडा नगरपालिका–८ जिङ्डियामा नर्सरीमा काम गर्ने २० वर्षीय निरञ्जन राम (पासवान)को घाँटी रेटेर हत्या भयो।
सोही घटनामा संलग्नताको आशंकामा पक्राउ परेका विजय रामको भने प्रहरीको कुटपिटका कारण भदौ १० गते मृत्यु भएको छ।
भदौ ३ गते भने हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको गोली हानी हत्या भयो। उनको खाना खाइरहेको अवस्थामा गोली हानी हत्या भएको हो। आर्थिक कारणले हत्या भएको खुलेको छ। घटनामा संलग्नहरू पक्राउ परिसकेका छन्।
पुजारी साहको हत्या भएको ११ दिनपछि अर्थात् भदौ १४ गते जग्गा लेनदेनको विषयमा विवादका हुुँदा जिल्लाकै गढीमाई नगरपालिका–३ गम्हरियाको मुसरी टोलका मिन्त्रादेवी बैठाको हत्या भयो।
यस्तै, गत असोज ९ गते महेश तिवारी दम्पतिमाथि एक समूहले खुकुरी र खुँडाले आक्रमण गरेको थियो। आक्रमणबाट महेशकी श्रीमती जगरामी देवीको घटनास्थलमै मृत्यु भयो। जग्गाको विवादको विषय नै आक्रमणको कारण रहेको प्रहरीले अनुसन्धानपछि सार्वजनिक गरेको छ।
असोज १५ गते गढीमाई नगरपालिका–१ समनपुरका सीताराम साहको १४ वर्षीया सञ्जाकुमारी साहको बलात्कारपछि हत्या भयो।
त्यसको एक सातापछि असोज २२ गते जिल्लाकै दुर्र्गा भगवती गाउँपालिका–४ छतौनामा प्रेमसम्बन्ध अस्वीकार भएपछि महमद धुनियाकी १७ वर्षीया छोरी रोबिना मन्सुरीको हत्या भएको सार्वजनिक भयो।
यसरी रौतहटमा एकपछि अर्को हत्याका घटना बढिरहेको देखिएको छ।
" /> काठमाडौँ। सर्लाहीको विष्णुपुर गाउँपालिकाको मधुवनगोठका रूपेश साहसँग सम्बन्ध विच्छेदपछि १७ वर्षीया अमृता कुमारी माइतीमै बस्दै आएकी थिइन्। अमृताको माइतीघर रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहामा छ।सोही घरमा उनको बुधबार राति हत्या भएको छ। गोली प्रहार गरी उनको हत्या भएको हो।

">