काठमाडाैं। राष्ट्रिय प्रकृति संरक्षण कोषले हरित जलवायु कोष (जीसीएफ) बाट ‘मान्यता प्राप्त निकाय’ (डाइरेक्ट एक्सेस एन्टीटी) को स्वीकृति प्राप्त गरेको छ। जीसीएफको २७औँ बोर्ड बैठकले कोषलाई बुधबार सो मान्यता प्रदान गरेको हो।
यो मान्यतापछि अब कोष व्यक्तिगत रुपमा जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा १० मिलियन अमेरिकी डलरसम्म अनुदानका परियोजना नेपालमा सीधै ल्याउन योग्य भएको छ। कोषले यो मान्यता प्राप्त गर्नका लागि सन् २०१७ अप्रिलबाट औपचारिक प्रक्रिया सुरु गरेको कोषका वरिष्ठ संरक्षण अधिकृत तथा जीसीएफका सम्पर्क व्यक्ति डा. मनिषराज पाण्डेले जानकारी दिए।
यसअन्तर्गतका परियोजना जलवायु परिवर्तन न्यूनीकरण र स्थानीय क्षमता अभिवृद्धि गर्न तथा कमजोर ग्रामीण समुदायलाई लक्षित गरी जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा केन्द्रित गरिने कोषले जनाएको छ। जलवायु परिवर्तनका जोखिमहरूको सामना गर्न आवश्यक पर्ने सामाजिक आर्थिक अवसरहरूको प्रवर्द्धनसमेत गरिने छ।
विश्वका विकसित राष्ट्रहरुले आफ्नो विकास गर्ने क्रममा कार्वन ग्यास उत्सर्जन गर्दा पृथ्वीको तापक्रम बढेपछि त्यसको असरले नेपाल जस्ता अति कम विकसित साना मुलुकका गरिब जनता बढी जोखिममा परेका छन्। त्यस्ता जोखिमबाट मुक्त बनाउन र जोखिमसँग अनुकूलित भएर बाँच्नका लागि उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कोषको स्थापना भएको हो। नेपालमा यसअघि ऊर्जा क्षेत्रमा काम गर्ने गरी जीसीएफबाट वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सो मान्यता पाएको छ। रासस
" /> काठमाडाैं। राष्ट्रिय प्रकृति संरक्षण कोषले हरित जलवायु कोष (जीसीएफ) बाट ‘मान्यता प्राप्त निकाय’ (डाइरेक्ट एक्सेस एन्टीटी) को स्वीकृति प्राप्त गरेको छ। जीसीएफको २७औँ बोर्ड बैठकले कोषलाई बुधबार सो मान्यता प्रदान गरेको हो।यसअन्तर्गतका परियोजना जलवायु परिवर्तन न्यूनीकरण र स्थानीय क्षमता अभिवृद्धि गर्न तथा कमजोर ग्रामीण समुदायलाई लक्षित गरी जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा केन्द्रित गरिने कोषले जनाएको छ। जलवायु परिवर्तनका जोखिमहरूको सामना गर्न आवश्यक पर्ने सामाजिक आर्थिक अवसरहरूको प्रवर्द्धनसमेत गरिने छ।

">