रमाल्लाह। कोरोनाभाइरस संक्रमणबाट मंगलबार निधन भएका प्यालेस्टाइनका वरिष्ठ शान्ति मध्यस्तकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।
इरेकातका नजिकका व्यक्तिहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजुक बनेको थियो।
फताह आन्दोलनले पनि इरेकातको निधन भएको पुष्टि गरेको छ। इरेकातलाई अक्टोबरको मध्यतिर सङ्क्रमण भएको थियो। प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यकारी समितिका महासचिव समेत रहेका इरेकातको कोरोना सङ्क्रमणपछि स्वास्थ्य निरन्तर खस्केको थियो।
उनलाई उपचारका लागि जेरुसेलमस्थित हदस्साह मेडिकल सेन्टरमा भर्ना गरिएको थियो। इरेकातको तीन वर्षअघि फोक्सोको प्रत्यारोपण गरिएको थियो।
इरेकातले प्यालेस्टिनी नेता स्वर्गीय यासेर अराफात र राष्ट्रपति मोहमुद अब्बासका लागि मुख्य मध्यस्तकर्ताका रूपमा कार्य गरेका थिए। इजरायलबाट प्यालेस्टाइनलाई अलग बनाउने सन्दर्भमा भएका आन्दोलन र शान्तिवार्तामा इरेकातले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
इरेकातको सम्झनामा अब्बासले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।
रासस/एएनआई
" /> रमाल्लाह। कोरोनाभाइरस संक्रमणबाट मंगलबार निधन भएका प्यालेस्टाइनका वरिष्ठ शान्ति मध्यस्तकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।इरेकातका नजिकका व्यक्तिहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजुक बनेको थियो।

">