टेक्सास। अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरसबाट कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन्। जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्याङ्कमा संक्रमितहरूको संख्या १० लाख पुगेको देखिएको जानकारी दिइएको छ।
अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकाको टेक्सास राज्य नै देशको सबैभन्दा बढी कोरोना सङ्क्रमितहरू रहेको पहिलो राज्य भएको छ। उक्त राज्यको तथ्याङ्कअनुसार यस राज्यमा बुधबारसम्ममा १० लाख १० हजार ३६४ जना कोरोनाभाइरस सङ्क्रमित नागरिक रहेका हुन्।
त्यसै गरी सो तथ्याङ्कमा यस राज्यमा मात्र मृत्य हुने नागरिकको सङ्ख्या १९ हजार ३३७ जना रहेका छन्। टेक्सासपछि अमेरिकामा सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएको राज्य क्यालिफोर्निया रहेको पनि सो विश्वविद्यालयको तथ्याङ्कमा देखाइएको छ।
उक्त तथ्याङ्कअनुसार क्यालिफोर्नियामा मात्र ९ लाख ८९ हजार ४३२ जना कोभिड–१९ का सङ्क्रमित देखिएका छन्। त्यसै गरी सो राज्यमा १८ हजार ६६ जना व्यक्ति उक्त संक्रमणका कारण मृत्यु भएको बताइएको छ।
विश्वमा सबैभन्दा बढी कारोना भाइरसका सङ्क्रमित भएको देश अमेरिका हो। अमेरिकामा अहिलेसम्म १ करोड ५ लाख ६८ हजार ७१४ जना सङ्क्रमित भएका छन् भने यहाँ २ लाख ३९ हजार ६९५ जनाको निधन भएको बताइएको छ।
रासस/एएनआई
" /> टेक्सास। अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरसबाट कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन्। जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्याङ्कमा संक्रमितहरूको संख्या १० लाख पुगेको देखिएको जानकारी दिइएको छ।अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकाको टेक्सास राज्य नै देशको सबैभन्दा बढी कोरोना सङ्क्रमितहरू रहेको पहिलो राज्य भएको छ। उक्त राज्यको तथ्याङ्कअनुसार यस राज्यमा बुधबारसम्ममा १० लाख १० हजार ३६४ जना कोरोनाभाइरस सङ्क्रमित नागरिक रहेका हुन्।

">