नेपालगन्ज। बाँकेमा ७ किलोग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको कोहलपुर नगरपालिका-२ बसपार्कस्थित भेरी गेष्टहाउसको कोठा नं. १०५ बाट अफिमसहित दुई जनालाई पक्राउ गरिएको हो।
सो होटलमा लागुऔषध अफिमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाजरकोटको नलगाड नगरपालिका-९ का ४५ वर्षीय जयबहादुर सिंह र सोही ठाउँका ३३ वर्षीय बीरेन्द्रमान सिंहलाई सो परिणामको अफिमसहित पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।
सो घटनाबारे थप अनुसन्धान एवं कारबाही प्रक्रियाअघि बढाएको जनाइएको छ। लागुऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार प्रतिबन्धित लागुऔषधको कारोबार गर्नेमाथि न्यूनतम १५ वर्ष जन्मकैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ। रासस
" /> नेपालगन्ज। बाँकेमा ७ किलोग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको कोहलपुर नगरपालिका-२ बसपार्कस्थित भेरी गेष्टहाउसको कोठा नं. १०५ बाट अफिमसहित दुई जनालाई पक्राउ गरिएको हो।सो होटलमा लागुऔषध अफिमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाजरकोटको नलगाड नगरपालिका-९ का ४५ वर्षीय जयबहादुर सिंह र सोही ठाउँका ३३ वर्षीय बीरेन्द्रमान सिंहलाई सो परिणामको अफिमसहित पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।
सो घटनाबारे थप अनुसन्धान एवं कारबाही प्रक्रियाअघि बढाएको जनाइएको छ। लागुऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार प्रतिबन्धित लागुऔषधको कारोबार गर्नेमाथि न्यूनतम १५ वर्ष जन्मकैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ। रासस
">