नाला सफा गर्ने क्रममा डुबेर एक जनाको मृत्यु
<p>काठमाडौं। झापामा एक जनाको डुबेर मृत्यु भएको छ। </p>
<p>दमक नगरपालिका-९ जयगुरू राइस मिल पछाडि बस्ने ५५ वर्षीय सन्तोष रम्तेल मृत फेला परेका हुन्।</p>
<p>आफ्नै घर पछाडि नाला सफा गर्ने क्रममा पानीमा डुब्न पुग्दा उनको मृत्यु भएको बताइएको छ।</p>
<p>प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
