काठमाडौं। नेपाल पत्रकार महासंघले तीन ठूला सञ्चारगृह अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रा.लि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रा.लि. र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रा.लि। मा कालो ब्यानर सहित २ घण्टा धर्ना दिएको छ।
कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिदैं आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटम दिएको महासंघले आज ती सञ्चार गृहमा एउटै समयमा विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको हो।
अन्नपूर्ण पोष्ट दैनिकमा भएको धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समस्याग्रस्त सञ्चारगृहका सञ्चालकसंग पटक पटक औपचारिक अनौपचारिक छलफल गर्दा पनि पत्रकारका माग पुरा नगरेको भन्दै महासंघ आन्दोलन गर्न बाध्य भएको बताए। उनले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए।
महासंघका उपाध्यक्ष विपुल पोखरेलले सम्बोधन आन्दोलनमा सहभागीहरूलाई सम्बोधन गरेका थिए। उनले श्रमजीवी पत्रकारलाई पारिश्रमीक नदिने, बेतलवी बिदामा राख्ने जस्ता कार्यले पत्रकारलाई अन्याय भएको भन्दै तत्काल समस्याको समाधान गर्न सञ्चालकलाई आग्रह गरेका थिए।
त्यस्तै, राजधानी दैनिकमा भएको धर्नामा महासंघका सचिव रामप्रसाद दाहालले सम्बोधन गर्दै पहिलो चरणको आन्दोलनबाट माग पूरा नभए थप दबाव दिन सम्बद्ध सञ्चारगृहका सञ्चालकको घर घेर्ने, सञ्चारगृहमा सत्याग्रह, तालाबन्दी र भोक हड्तालसम्म गर्ने बारे महासंघमा छलफल चलिरहेको बताए।
प्रेस संगठनका बाग्मती प्रदेश इन्चार्ज विश्वमणि सुवेदीले श्रमजीवी पत्रकारमा पक्षमा महासंघले गर्ने आन्दोलनमा संगठनको साथ रहने बताए। नेपाल प्रेस यूनियनका कोषाध्यक्ष सरोज अधिकारीले पत्रकारका जायज माग पुरा गर्नुपर्ने बताए।
नेपाल पत्रकार महासंघले नेतृत्व गरेको आन्दोलनमा प्रेस संगठन नेपाल, नेपाल प्रेस यूनियन, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ, फोटो पत्रकार क्लब, प्रेस नेपाल लगायत १३ वटा प्रेस संगठनको ऐक्यद्धता रहेको छ।
" /> काठमाडौं। नेपाल पत्रकार महासंघले तीन ठूला सञ्चारगृह अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रा.लि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रा.लि. र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रा.लि। मा कालो ब्यानर सहित २ घण्टा धर्ना दिएको छ।कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिदैं आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटम दिएको महासंघले आज ती सञ्चार गृहमा एउटै समयमा विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको हो।

">