काठमाडौं। राणा प्रधानमन्त्री वीर शमशेरको पालादेखि खुलाएको गोर्खा भर्तीमा फलामसिंह लिङदेन पनि सहभागी भए। अन्नतः छनौट भएर बेलायती सेनामा जागिरे भए। लाहुरेको पहिचान बनाए।
तर, लाहुरे कहिले भ्उ ? ठ्याक्कै मिति चाहिँ उनका जीवनीदेखि समाज सुधारको क्षेत्रमा गरेको योगदानबारे लेख्ने कुनै पनि लेखकले उल्लेख गरेका छैनन्।
जन्म भने वि.स.१९४२ कार्तिक २५ गते इलामको इभाङ–५, चुक्चिनाम्बामा भएको हो। जन्मदाता जगनवाज लिङदेन र हंसमति बेघा लिङदेन हुन्।
लिम्बू प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगूका अनुसार लाहुरे हुँदा फलामसिंहको नाम परिवर्तन भयो। त्यसपछि उनी फाल्गुनन्द बने।
बेलायती सेनाको तर्फबाट उनी दोस्रो विश्वयुद्ध लडे। लडाइँका लागि बर्मासम्म पुगे। जहाँ लडाइँको क्रममा उनको ज्यान जोखिममा पर्याे।
फाल्गुनन्दले लडाइँमा ज्यान जोखिममा परेपछि बर्माको आइरावती नदीको किनारामा रहेको एउटा कुटीमा लुकेर ज्यान बचाएको इतिहासका अध्येता समेत रहेका कुलपति जबेगू बताउँछन्। जुन कुटी जसमुनि पन्थका गुरू मधुनन्दको हो।
युद्धमा उनले धेरै मरेको र घाइते भएको देखे। कुटीमा गुरूको शरण लिन पुगेपछि शान्ति र अहिंसासँगै समाज सुधारबारे शिक्षा दीक्षा प्राप्त गरेको जबेगुको भनाइ छ।

तस्वीर- पाँचथरको सिलौटीमा रहेको फाल्गुनन्द लिङदेनको समाधीस्थल
“एकातिर धार्मिक स्वभावका व्यक्ति पनि थिए फाल्गुनन्द, गुरूले उनलाई धार्मिक स्वभावका भनेर चिनेछन् र शान्ति र अहिंसाबारे धेरै खालको शिक्षा दीक्षा दिएछन्” जबेगूले भने, “गुरूले फाल्गुनन्दलाई आफ्नो समुदायबारे सोधेछन्, तिम्रो समुदाय कस्तो छ ? त्यतिबेला आफ्नो समुदाय धेरै पछाडि परेको बताएपछि शिक्षा, धर्म, संस्कार, संस्कृति र समाजलाई साकाहारी बनाउने सन्दर्भमा दीक्षित पारेर पठाएका रहेछन्।”
फाल्गुनन्दलाई पाँचथरको चोकमागूका दिलनाथ तुम्बापोले बर्मादेखि नेपाल ल्याएका हुन्। तै पनि सुरूमा उनलाई धर्म गुरू मान्ने कि नमान्ने सवाल उठेको पाइन्छ। चोकमागूका याक्थुङ (लिम्बू) समुदायले तत्कालै धर्म गुरूको रूपमा उनलाई स्वीकारेनन्।
किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापो भन्छिन्, “धर्म गुरू तत्काल स्वीकार नगरिएपछि फाल्गुनन्दलाई परीक्षण स्वरुप त्यसबेला चोकमागू–७ मा गइरहने पहिरो रोक्न भनियो र रोक्न सकेको अवस्थामा धर्म गुरू मान्ने, होइन भने नमान्ने भनेर भनिएको बुढापाकाहरूले सुनाउँछन्।”
तर, फाल्गुनन्दले पहिरो रोकी छाडे। तर, तन्त्रमन्त्रले होइन। उनले वृक्षारोपण गराएर। पहिरो गइरहने ठाउँमा उनले सिमलीको बिरुवा रोप्न लगाएको बुढापाकाले बताउने गरेको तुम्बापो बताउँछिन्। उनका अनुसार हालसम्म पहिरो गएको ठाउँमा रोपिएको सिमली छँदैछ।
लिङदेनले त्यसपछि गुरूले विश्वास आर्जन गर्न सकेको उनले बताइन्। यससँगै चोकमागूका तुम्बापो अगुवा दिलमान तुम्बापोसहितले पूर्वगृहमन्त्री तथा राप्रपाका सहअध्यक्ष स्वर्गीय पद्मसुन्दर लावतीका पूर्वज शेरबहादुर लावतीसँग फाल्गुनन्दको सम्पर्क गराए।
लावती त्यसबेलाका तुम्याहाङ (बुद्धिजीवि) हुन्। उनले तेह्रथुमका तुम्याहाङ काजीमान तुम्बाहाङफे र पाँचथरको नांगिनका तुम्याहाङ बुद्धिबल आङ्बोसँग पनि भेट गराए।
तत्कालीन समयमा तुम्याहाङले याक्थुङ (लिम्बू) समुदायको संस्कार संस्कृतिको परिवर्तन समय सापेक्ष गर्थे। र, समुदायको नीति निर्माणको काम गर्थे। यी तीन जना फेरि तत्कालीन समयका जल्दाबल्दा तुम्याहाङहरू हुन्।
याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति जबेगू भन्छन्, “चोकमागूका दिलमान तुम्बापोमार्फत यी तीन जना तुम्याहाङहरूले फाल्गुनन्दलाई परम्परागत याक्थुङ भाषा र संस्कार–संस्कृतिलाई संरक्षण गर्नेतर्फ सुझाए र त्यसका लागि याक्थुङ समुदायका अलिखित मुन्धुमलाई लिखित मुन्धुममा ढाल्ने र याक्थुङ समुदायले प्रचलनमा ल्याएको लिपि सिरिजङ्गामै लेख्न सुझाए।”
तर, त्यस समयमा राणा शासन थियो। राणा शासनको बेला शिक्षा दीक्षा, भाषा लिपिको कुरा निक्कै परको थियो।
सिरिजङ्गा लिपि राणा सरकारले नेपालमा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो। त्यसैले उनी १० जना चेला लिएर वि.स. १९८१ सालमा दार्जिलिङको सुकिया गए।
कुलपति जबेगूका अनुसार त्यतिबेला सुकिया क्षेत्रमा इतिहासकार इमानसिंह चेम्जोङलगायतको अगुवाइमा सिरिजङ्गा लिपिको प्रयोग विद्यालयमा भइरहेको थियो। धेरै दिन लगाएर सिरिजङ्गा लिपि सिकेर उनी नेपाल फर्किए।
याक्थुङ लिपि सिरिजङ्गामा १७ वटै थुमका तुम्याहाङहरू भेला भएर याक्थुङ भाषा, लिपि, संस्कार संस्कृति र धर्मबारे ‘सत्यधर्म मुचुल्का’ तयार गरे।
जो पाँचथरको लब्रेकुटीमा चुम्लुङ (सभा) गरेर वि.स.१९८८ बैशाख २४ गते सार्वजनिक गरियो।
यो सत्यधर्म मुचुल्कामा युमा थेवाको आराधना गर्ने, सिरिजङ्गा लिपिमा अध्ययन गराउने, नैवेध तथा फूलपातिबाट पूजापाठ गर्ने, माङहिङ निर्माण गर्ने, मादक पदार्थ सेवन नगर्ने, छोराको बिहेमा दाम नलिने, छोरा र छोरीलाई समान शिक्षा दिने उल्लेख गरिएको छ।
यसो गर्नुको पछाडि याक्थुङ समुदाय वास्तविक धर्मबाट अञ्जान रहेको, जाँड–रक्सी धेरै सेवन गरेर मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी विवाह भोज गरी आर्थिक रूपमा दलदलमा फसेको भनिएको थियो। यी सबै विसङ्गती, विकृति र कुरितीहरूबाट मुक्त हुन सत्यधर्म मुचुल्का तयार गरेर लागू गरिएको हो।
राप्रपाका नेता तथा पूर्वगृहमन्त्री पद्मसुन्दर लावतीका पुत्र सगुनसुन्दर लावतीले मुचुल्काको मस्यौदा लेखन आफ्ना पूर्वज शेरबहादुर लावतीले गरेको बताउँछन्।
हालसम्म सोही सत्यधर्म मुचुल्काको आधारमा याक्थुङ समाज निर्देशित छ। जसले याक्थुङ समाजलाई आमूल रूपमा सुधार गर्याे।
यसछि उनको अगुवाइमा प्रकृति संक्षरणका लागि पानीको मुहान संरक्षण गर्ने, पहिरो जान रोक्न वृक्षारोपण गर्नेदेखि धार्मिक अनुष्ठानका लागि डाँडामा माङहिम (मन्दिर) निर्माण गर्ने कार्य भयो।
फक्ताङलुङ (कुम्भकर्ण) हिमालको फेदीदेखि पाँचथरको लब्रेकुटी, सिलौटी, चिलिङदेन लगायत क्षेत्रहरूमा माङहिम निर्माण गराए।
यति गरेपछि तत्कालीन राणा सरकारबाट फाल्गुनन्द भने असुरक्षित देखिए। आफू असुरक्षित भएको तुम्याहाङहरूलाई जाहेर गरेको कुलपति जबेगू बताउँछन्।

फाल्गुनन्द लिङ्देनले लगाएको चप्पल
उनका अनुसार, तुम्याहाङहरूले उनलाई नाम बदल्न लगाएर बचाउने रणनीति तय गरे। त्यो नाम थियो– ‘सत्यहाङमा’। सत्यहाङमा स्त्रीलिङ्गी नाम हो। नाम स्त्रीलिङ्गी भएपछि उनलाई तुम्याहाङहरूले महिलाको गहनाहरू लगाउन लगाए।
सोही अनुसार, फाल्गुनन्दले महिलाको गहना लगाएको कुलपति जबेगू बताउँछन्। महिलाको नाम र भेषबाट उनी साधुको भूमिकामा देखिए।
याक्थुङ भाषा र शिक्षासेवी मलिसा याक्थुङमा ती माङहिमहरूबाटै फाल्गुनन्दले याक्थुङ भाषा र सिरिजङ्गा लिपिको माध्यमबाट आफ्ना अनुयायीहरूलाई बिहानको प्रार्थनादेखि बेलुकासम्मको कर्मकाण्डको सबै कुराहरू पढाउने, सिकाउने, भन्ने, प्रयोग गर्ने काम गरेको पाइएको बताए।
माङहिमहरूमा याक्थुङ भाषाकै तन्त्रमन्त्र बनाएको पनि बताए। उनका अनुसार फाल्गुनन्दले शिक्षा भने गुरुकूल प्रणालीबाटै दिए। तेज दिमाग भएका केही अनुयायीहरूलाई ढाडमा लेखेर सिकाउने गर्दथे।
हालसम्म फाल्गुनन्दले याक्थुङ भाषा र सिरिजङ्गा लिपिको माध्यमबाट नेपाली कागजमा लेखेको तन्त्रमन्त्र रहेको याक्थुङ्बा बताउँछन्। त्यसैबेला उनका चेलाहरू सेवाहाङ, श्रद्धी नेम्बाङ लगायतले निवन्धनात्मक शैलीमा आफ्नो विचारलाई याक्थुङ भाषा र लिपिमा लेखेको पाइएको र फाल्गुनन्दको जीवनकालमा याक्थुङ भाषा र लिपिको माध्यमिक काल भनेर उनी परिभाषित गर्छन्।
उनले भने, “फाल्गुनन्दको जीवनका कालमा हाङसाम थेबा, युमामाङबारे र सेवा खाउन निकालेको पाइन्छ।” सोही कालमा याक्थुङ भाषा, शिक्षा र साहित्यले प्रारम्भीक काल पार गरेको याक्थुङबाको मत छ।
संस्कार र संंस्कृति सुधारको दृष्टिले पनि फाल्गुनन्दको जीवन काललाई महत्वपूर्ण मानिन्छ। चुम्लुङकी महासचिव तुम्बापोले सोही समयमा सत्यधर्म मुचुल्कामार्फत याक्थुङ महिलाहरूको बिहे हुँदा कुटुम्बबाट पैसा वा सुन लिने प्रचलन हटेको बताउँछिन्।
जुन प्रचलन विकृत हुँदै छोरीचेली बिक्री गरेको भन्ने गरिको भएको बताइन्छ। त्यसरी कुटुम्बबाट लिएको सम्पति छोरीचेलीले कुटुम्बको घरमा गरेर खाएको भन्ने भएपछि माइती पक्षले त्यसको ठीक दोब्बर सम्पति कुटुम्ब अर्थात् ज्वाइँलाई दिने चलन थियो।
यही मुचुल्काले याक्थुङ समुदायलाई अग्रगमनको बाटोमा हिँडाउन सहयोग पुर्याएको चुम्लुङकी महासचिव तुम्बापो बताउँछिन्।
फाल्गुनन्द बुबा जगुनबाज लिङदेन र आमा हंसमति बेघा लिङदेनको साइला छोरा हुन्। न्वारनका उनको नाम नरध्वज हो। तर, उनको जेठी दिदी, जेठा र माइला दाजुको मृत्यु भएकाले स्वास्थ र दीर्घायूको कामना गर्दै बुबाले हातमा फलामको चुरा र कल्ली लगाएको बताइन्छ। सोही आधारमा उनी नरध्वजबाट फलामसिंह हुन पुगेका थिए।
कथन अनुसार उनी बाल्यकालदेखि नै धार्मिक स्वभावका थिए।
यसरी एक जना किसान परिवारमा जन्मेका नरध्वज, फलामसिंह हुँदै फाल्गुनन्द भए। यति मात्र होइन कर्मले लाहुरेदेखि समाज सुधारक, किरात धर्म गुरू हुँदै अन्नतः नेपालको १६ औं राष्ट्रिय विभूति बने।
" /> काठमाडौं। राणा प्रधानमन्त्री वीर शमशेरको पालादेखि खुलाएको गोर्खा भर्तीमा फलामसिंह लिङदेन पनि सहभागी भए। अन्नतः छनौट भएर बेलायती सेनामा जागिरे भए। लाहुरेको पहिचान बनाए।तर, लाहुरे कहिले भ्उ ? ठ्याक्कै मिति चाहिँ उनका जीवनीदेखि समाज सुधारको क्षेत्रमा गरेको योगदानबारे लेख्ने कुनै पनि लेखकले उल्लेख गरेका छैनन्।

">