काठमाडौं। नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको आज बिहान निधन भएको छ। ललितपुरको स्टार अस्पतालमा उनको निधन भएको हो।
मरहठ्ठाको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
आज दाहालले शोक वक्तव्य प्रकाशित गर्दै भनेका छन, “नेपाली कम्युनिष्ट आन्दोलन, जनयुद्ध र शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका मरहठ्ठाको नेपालको राजनीतिक परिवर्तनमा ठूलो योगदान रहेको छ।”
विभिन्न पुस्तकका लेखक तथा बौद्धिक व्यक्तित्वका धनी मरहठ्ठाले गोरखा जिल्लाको शिक्षक आन्दोलन र त्यस क्षेत्रको शैक्षिक विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको दाहालले बताएका छन्।
दाहालले शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन्।
" /> काठमाडौं। नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको आज बिहान निधन भएको छ। ललितपुरको स्टार अस्पतालमा उनको निधन भएको हो।मरहठ्ठाको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

">