काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले विकासका लागि चीन अन्य मुलुकसँग अलग भएर हिँड्न नसक्ने बताएका छन्।

मंगलबार भिडिओ कन्फरेन्समार्फत् संघाई सहयोग संगठनका सदस्य देशका प्रमुखलाई सम्बोधन गर्दै उनले संसारकै दोस्रो ठूलो अर्थतन्त्र चीनले अपनाइरहेको विकास मोडलका बारेमा उल्लेख गर्ने क्रममा बताएका हुन्।

उनले भने, ‘‘हामी घरेलु बजारमाथिको निर्भरतामा ध्यान दिइरहेका छौं। साथै, अन्तर्राष्ट्रिय बजारमा एकअर्कालाई प्रोत्साहित गर्दै विकासका आयामलाई तीव्र ढंगमा अघि बढाउने कोसिसमा लागिपरेका छौं।’’

विकास हासिल गर्नका लागि चीनलाई दुनियाँबाट जसरी अलग गर्न सकिँदैन, उसैगरी दुनियाँको प्रगति चीनका लागि पनि जरुरी रहेको उनले बताए। सीले भने, ‘‘उच्च मापदण्डसहितको खुल्ला अर्थव्यवस्था निर्माणका लागि नयाँ व्यवस्था ल्याउन लागेका छौं। चीन बजार खोल्न कटिबद्ध छ।’’

चीनले संसारको प्रगति चाहेको र त्यसका निम्ति आफ्ना आधिकारिक योगदानका लागि तयार रहेको उनले स्पष्ट पारे। उनले थपे, ‘‘हामी सबैलाई चीनले गरेको विकासको फाइदा उठाउन र चीनसँगको सहयोग सम्बन्ध गम्भीर बनाउन सक्रिय प्रयासको स्वागत गर्छौं।’’

सीले अक्टोबर ३१मा सत्तारुढ चिनियाँ कम्म्युनिस्ट पार्टीको आधिकारिक पत्र कुइसिजमा प्रकाशित आलेखमा भनेका थिए, ‘‘चीन अब वैश्विक निर्यातमा निर्भर रहने विकास मोडलमा आश्रित रहन सक्दैन। राष्ट्रिय सुरक्षासँग जोडिएका क्षेत्रमा चीन स्वनियन्त्रित, सुरक्षित एवम् भरोसायुक्त घरेलु उत्पादन र आपूर्ति प्रणालीमा निर्भर रहने छ।’’ (एजेन्सी)

" /> काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले विकासका लागि चीन अन्य मुलुकसँग अलग भएर हिँड्न नसक्ने बताएका छन्।

"> खुल्ला अर्थव्यवस्था निर्माणको बाटोमा चीन: Dekhapadhi
फाइल तस्वीर।
खुल्ला अर्थव्यवस्था निर्माणको बाटोमा चीन

प्रतिक्रिया दिनुहोस्