लहान। डिभिजन वन कार्यालय लहानले आर्थिक वर्ष २०७६/७७ मा नयाँ पोखरी निर्माणसँगै जिल्लाका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ वटा पोखरीको जीर्णोद्धार गरेको छ।
सिमसार क्षेत्र सम्भार तथा जीर्णाेद्धार कार्यक्रमअन्तर्गत लहान नगरपालिका-१५ स्थित भरोसिया सामुदायिक वन, झौवाई खोल्सी सामुदायिक वन, बाबाजी सामुदायिक वन, लहान नगरपालिका-२४ स्थित खप्डेडाँडा सामुदायिक वन, सिउलाडिह सामुदायिक वन, कर्जन्हा नगरपालिकास्थित नन्दबाबा सामुदायिक वन र नरहा गाउँपालिका-३ स्थित जोभा प्राकृतिक सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए।
यस्तै आर्थिक वर्ष २०७६/७७ मै सिमसार क्षेत्र मर्मत कार्यक्रमअन्तर्गत लहान-१७ स्थित गोविन्दमुरारी सामुदायिक वन, कोइरालो खोला, नौडेगा सामुदायिक वन, गोलबजार नगरपालिकास्थित लामाडाँडा, कर्जन्हा नगरपालिकास्थित कमला किनार र लहान नगरपालिका-१७ को राजदेवी मन्दिर क्षेत्रको पोखरी जीर्णाेद्धार गरिएको प्रमुख दासले बताए। रासस
" /> लहान। डिभिजन वन कार्यालय लहानले आर्थिक वर्ष २०७६/७७ मा नयाँ पोखरी निर्माणसँगै जिल्लाका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ वटा पोखरीको जीर्णोद्धार गरेको छ।सिमसार क्षेत्र सम्भार तथा जीर्णाेद्धार कार्यक्रमअन्तर्गत लहान नगरपालिका-१५ स्थित भरोसिया सामुदायिक वन, झौवाई खोल्सी सामुदायिक वन, बाबाजी सामुदायिक वन, लहान नगरपालिका-२४ स्थित खप्डेडाँडा सामुदायिक वन, सिउलाडिह सामुदायिक वन, कर्जन्हा नगरपालिकास्थित नन्दबाबा सामुदायिक वन र नरहा गाउँपालिका-३ स्थित जोभा प्राकृतिक सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए।

">