काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदीबाट लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
डाइजेपाम, नुर्फिन र फेनारगन २८६ एम्पुलसहित उनीहरूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही नगरपालिका-२ शेरा बस्ने ३० वर्षीय मनोज क्षेत्री, सोही नगरपालिका-५ बस्ने गोरखा घर भएका ३० वर्षीय रवि गुरूङ र तनहुँको ब्यास नगरपालिका-४ दमौली बस्ने २१ वर्षीय सन्तोष गुरूङ रहेका छन्।
इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
" /> काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदीबाट लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।डाइजेपाम, नुर्फिन र फेनारगन २८६ एम्पुलसहित उनीहरूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

">