काठमाडौं। पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स् शृङ्खला अन्तर्गत २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध सङ्ग्रह ‘कोशीको कथा’ पुनः प्रकाशित गरेको छ।
उक्त पुस्तक नयाँ कलेबरमा प्रकाशित गरेको हो। प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले २०४६ सालमा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन।
पुस्तकका बारेमा दिवंगत लेखक मातृकाप्रसादका छोरा कमल कोइरालाले पुस्तकमा कोइराला परिवारको व्यक्तिगत निर्वासनबारे लेखिएको बताए। केही समयदेखि बजारमा उपलब्ध नभएको अवस्थामा केही दशकपछि पाठकसामु आउने बाटो खुलेकोमा उनले खुसी व्यक्त गरे। पुस्तकमा कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका वासिन्दाहरूको कथा बोल्ने कमलको भनाइ छ।
यस सङ्ग्रहका नौवटा निबन्ध कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन् जहाँ परिवारसहित राजनीतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्त्वपूर्ण समय गुज्रेको थियो। २००७ सालकाे क्रान्तिताका नेपाली कांग्रेसका सर्वाेच्च कमाण्डर तथा क्रान्तिपछिको गैरराणा सरकारको पहिलो प्रधानमन्त्री मातृकाप्रसाद कोइराला त्यसभन्दा अगाडिदेखि नै साहित्यकारका रूपमा परिचित थिए।
पुस्तकमा कोशी वा पौराणिक कौशिकी नदी वरिपरिका विषयवस्तु र जातिबारे लेखिएको छ।
नेपालय क्लासिक्स् अन्तर्गत नेपालय पब्लिकेसन्सले प्रसिद्ध नेपाली लेखकहरूको अप्रकाशित वा आउट (अफ) प्रिन्ट साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएको छ।
यही क्रममा हालसम्म ब्रह्म शमशेरको ‘नेपालको महाभूकम्प’, लेखनाथ पौड्यालको ‘कवि शिरोमणि रचनावली’ र मंजुलको ‘सम्झनाका पाइलाहरू’ प्रकाशित गरिसकेको छ।
" /> काठमाडौं। पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स् शृङ्खला अन्तर्गत २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध सङ्ग्रह ‘कोशीको कथा’ पुनः प्रकाशित गरेको छ।उक्त पुस्तक नयाँ कलेबरमा प्रकाशित गरेको हो। प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले २०४६ सालमा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन।

">