करेन्ट लागेर एकको मृत्यु, एक घाइते

काठमाडौं । चितवनको कालिका नगरपालिका–१ का एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

४५ वर्षीय सुकबहादुर पाख्रिनको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो।

कालिका नगरपालिका–६ खोलेसिमलस्थित पुरुषोत्तम कँडेलको घर बनाउने क्रममा रडले विद्युतको तार छुँदा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि सरकारी अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

करेन्ट लागेर घाइते सोही ठाउँ बस्ने २८ वर्षीय अनिश श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ।