काठमाडाैं। अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेन निर्वाचित हुँदा सबैभन्दा बढी खुसी हुनेमध्येमा पर्छिन् गायिका माइली साइरस।
खुसी नहुन् पनि कसरी- उनले ११ वर्ष अघि गाएर बजारमा ल्याएको गीत ‘पार्टी इन द यु.एस.ए.’ अहिले पुनः टप चार्टमा जाे प्रवेश गरेको छ।
साइरसले सन् २००९ मा गाएको उक्त गीत अहिले यूएस आइट्युन्सको टप २०० चार्टमा प्रवेश गरेको छ। उनको गीतको माग र बिक्री बढेपछि टप चार्टमा प्रवेश पाएको हो।
राष्ट्रपति पदमा निर्वाचित बाइडेनका मतदाताले साइरसको गीत किनेको जनाइएको छ। यो गीत त्यो दिन टप चार्टमा प्रवेश गरेको थियो, जुन दिन बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मतगणनाका क्रममा विजय प्राप्त गरेका थिए।
गायिका साइरसले पनि बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई ‘पार्टी इन द यु.एस.ए.’ गीतमा समेटर तयार पारेको भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छन्। उनले भिडियोको क्याप्सन राखेकी छन्- ‘नाउ दिस इज अ पार्टी इन द यू.एस.ए.’।सीएनएन
" /> काठमाडाैं। अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेन निर्वाचित हुँदा सबैभन्दा बढी खुसी हुनेमध्येमा पर्छिन् गायिका माइली साइरस।खुसी नहुन् पनि कसरी- उनले ११ वर्ष अघि गाएर बजारमा ल्याएको गीत ‘पार्टी इन द यु.एस.ए.’ अहिले पुनः टप चार्टमा जाे प्रवेश गरेको छ।

">