काठमाडौं। म्यानमारमा सम्पन्न आमनिर्वाचनमा लोकतन्त्रवादी नेता तथा राष्ट्रपति आङ साङ सु कीको पार्टीले बहुमत ल्याउने देखिएको छ।
नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले आफ्नो पार्टीले संसदीय निर्वाचनमा बहुमत ल्याएको दाबी गरेको छ र आफू सत्तामा कायमै रहने समेत बताएको छ।
यद्यपि निर्वाचन आयोगले आइतबारसम्म केही सिटको आधिकारिक नतिजा मात्रै घोषणा गरेको छ। म्यान्मारको संघीय निर्वाचन आयोगले यसअघि नै नतिजा आउन कम्तीमा एक साता लाग्ने बताइसकेको छ।
सोमबार रातिसम्म ९ सिटको परिणाम घोषणा गरेको थियो। त्यहाँ ६४२ सिटमा संसदीय निर्वाचन भएको हो। विजेता सबै एनएलडीसम्बद्ध थिए।
एनएलडीका प्रवक्ता मोनिवा आङ सिनले बहुमत आँकडा ३२२ भन्दा बढी सिटमा जित हासिल गरेको बताएका छन्। अन्तिम नतिजा आउने अवस्थासम्ममा आफ्नो पार्टीले ३७७ सिट ल्याउने उनको दाबी छ।
म्यान्मारमा एनएलडी निकै लोकप्रिय छ। नोबेल शान्ति पुरस्कार विजेता सु कीको सक्रियतापछि पार्टी झनै लोकप्रिय हुन पुगेको बताइन्छ।
म्यान्मार बाहिर भने पछिल्लो समय सु कीको निकै विरोध हुँदै आएको छ। उनले म्यान्मारका अल्पसंख्यक रोहिंग्यालाई देशबाट लखेटको आरोप लाग्दै आएको छ। उनले पाएको नोबेल शान्ति पुरस्कार खोसिनु पर्नेसम्मको माग उठ्दै आएको छ।
" /> काठमाडौं। म्यानमारमा सम्पन्न आमनिर्वाचनमा लोकतन्त्रवादी नेता तथा राष्ट्रपति आङ साङ सु कीको पार्टीले बहुमत ल्याउने देखिएको छ।नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले आफ्नो पार्टीले संसदीय निर्वाचनमा बहुमत ल्याएको दाबी गरेको छ र आफू सत्तामा कायमै रहने समेत बताएको छ।

">