अमेरिकामा मिडिया निकै खराबः ट्रम्प
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका मूलधारका मिडिया निकै खराब रहेको आरोप लगाएका छन्। निर्वाचनमा आफूलाई मिडियाले निकै खेदेको र तिनलाई निर्वाचनमा हस्पतक्षेप गर्न दिन नहुने उनको भनाइ थियो।
‘‘मूलधारका मिडियाको निर्वाचनताका यति गलत रवैया रह्यो कि, यसले मतदातालाई पर्ने आर्थिक प्रलोभनभन्दा पनि गम्भीर असर पर्न गयो,’’ सोमबार उनले भने।
राष्ट्रपति ट्रम्पले ट्विट गर्दै फक्स न्युज, क्विननिपियेक पोल, एबीसी तथा वासिङ्टन पोस्ट, एनबीसी तथा वाल स्ट्रिट जर्नल गरेको गलत चुनावी सर्वेक्षणले निर्वाचनमा प्रभावित पारेको आरोप लगाए। आफ्नाबारे फैलाइएको गलत हल्ला चुनावमा गरिएको हस्तक्षेप रहेको उनको भनाइ थियो।
‘‘मिडियाले जहाँजहाँ मलाई कमजोर देखाए, त्यहाँत्यहाँ मैले चुनाव जितेको छु,’’ उनले भने, ‘‘आयोवामा मलाई चार अंकले पछि रहेको देखाइएको थियो, त्यहाँ मैले ८.२ प्रतिशत मतले जितेँ। फक्स न्युज तथा क्विननिपियेक पूर्ण रुपमा गलत थिए।’’
निर्वाचनअघि पनि ट्रम्पले पटकपटक मिडियाप्रति आफ्नो विश्वास नरहेको प्रतिक्रिया दिएका थिए। निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि उनी मिडियाप्रति थप आक्रोशित बन्न थालेका छन्।
प्रतिक्रिया दिनुहोस्