काठमाडौं। महाशक्ति अमेरिकाको राष्ट्रपति निर्वाचनले छिमेकी भारतको महत्त्वपूर्ण राज्य बिहारको चुनावलाई ओझेलमा पारिदिएको छ।
अमेरिकाले जो बाइडेनलाई नयाँ राष्ट्रपति पाइसकेपछि विस्तारै महाशक्ति बन्ने दौडमा रहेको भारतको ठूलो आवादी रहेको राज्य बिहार चुनावले चर्चा बटुल्न थालेको छ।
बिहारको निर्वाचन भारतको राजनीतिका लागि मात्र होइन, छिमेकी नेपालका निम्ति पनि चासोको विषय बन्दै आएको छ। अमेरिका र बिहारमा एकैदिन निर्वाचन परेको थियो।
मंगलबार सम्पन्न अमेरिकाको निर्वाचनको नतिजा बुधबार साँझ (नेपाली समय)सम्म आइसक्ने अनुमान थियो। तर, स्पष्ट नतिजा आउन शनिबारसम्म पर्खनु पर्यो।
अमेरिकाको निर्वाचनको ताप जसरी सेलाउँदै गयो, बिहारको निर्वाचनले सञ्चारमाध्यमका प्रमुखता पाउन थाले। बिहार विधानसभाको २४३ सिटमा त्यहाँका नागरिकले तीन चरणमा मतदान गरेका थिए। निर्वाचन जित्न १२२ सिटमा विजय पाउनु पर्छ।
नितिश कुमार विगत १५ वर्षदेखि त्यहाँका मुख्यमन्त्री रहँदै आएका छन्। अहिले उनी चौथोपटक मुख्यमन्त्री बन्नका लागि मैदानमा उत्रिएका छन्। उनका मुख्य प्रतिद्वन्द्वी युवा उम्मेदवार तेजस्वी यादव बनेका छन्। एग्जिट पोलले तेजस्वीलाई बलियो उम्मेदवार देखाएको थियो।
कोरोनाले संसार नै ग्रसित छ, यही त्रासकै अवस्थामा अमेरिकाले नयाँ राष्ट्रपतिको निर्वाचन गर्यो। अन्य केही मुलुकमा पनि यही अवधिमा निर्वाचन सम्पन्न भएका छन्, केही देश तयारीमा छन्। भारतको बिहार महामारीका बीच निर्वाचन गर्ने पहिलो राज्य हुन पुगेको छ।
केही समयअघिको नतिजाअनुसार एनडीए (गठबन्धन) ११९ र महागठबन्धनले ११५ मा जित हासिल गरेका थिए। यसबाट दुई पक्षबीचको प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ।
तेजस्वीका पिता लालु यादव हुन्, जो अहिले भ्रष्टाचार काण्डमा जेलमा छन्। पुत्रको ९ नोभम्बरमा परेको जन्मदिनमा उनले उपहार स्वरुप ‘बिहारी जनताको सेवा गर्ने मौका मिलोस्’ भनेका थिए।
" /> काठमाडौं। महाशक्ति अमेरिकाको राष्ट्रपति निर्वाचनले छिमेकी भारतको महत्त्वपूर्ण राज्य बिहारको चुनावलाई ओझेलमा पारिदिएको छ।अमेरिकाले जो बाइडेनलाई नयाँ राष्ट्रपति पाइसकेपछि विस्तारै महाशक्ति बन्ने दौडमा रहेको भारतको ठूलो आवादी रहेको राज्य बिहार चुनावले चर्चा बटुल्न थालेको छ।

">