राणा सीड सदस्यमा पुनः निर्वाचित
काठमाडौं। महिलाविरुद्ध हुने भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसंघको समिति (सीड)मा बन्दना राणा पुनः निर्वाचित भएकी छन्।

हिजो अमेरिकाको न्यूयोर्कमा भएको निर्वाचनमा १३७ मत प्राप्त गरी राणा दोस्रो कार्यकालको लागि निर्वाचित भएकी हुन्।

सीड सदस्यको लागि भएको निर्वाचनमा १९ देशका उम्मेदवार थिए। मतदानमा राणाले तेस्रो बढी मत ल्याएकी थिइन्। सन् २०२१ देखि २०२४ सम्मको लागि सीडका ११ सदस्यमा उनी निर्वाचित भएकी हुन्।

हिजो भएको सीडको निर्वाचनमा नेदरल्याण्ड्स, बहामस, लिथुवानिया, घाना, अष्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीनका प्रतिनिधि पनि निर्वाचित भएका छन्।

हाल सीडको उपाध्यक्ष रहेकी राणा उक्त संस्थामा नेपालबाट प्रतिनिधित्व गर्ने पहिलो सदस्य हुन्। राणासँग लैङ्गीक समानता तथा महिला अधिकारका क्षेत्रमा तीन दशकभन्दा बढी समय काम गरेको अनुभव छ।

निर्वाचनपछि न्यूयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राईले राणाको जितले उनको विज्ञता र अनुभवलाई पुनः प्रमाणित गरेको बताए।

सीड संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी उच्च आयोगअन्तर्गत रहेको समिति हो। यो समिति राष्ट्रसंघको साधारणसभाले सन् १९७९ मा स्थापना गरेको थियो भने कार्यान्वयनमा १९८१ बाट आएको हो।

सीडमा अहिले विश्वका १८९ देश सदस्य छन्। सीडमा २३ देशका स्वतन्त्र विज्ञहरू सदस्य रहन्छन्।

नेपाल सन् १९९१ देखि सीडको सदस्य भएको हो।

प्रतिक्रिया दिनुहोस्